यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा बंगलादेशसँग « Khabarhub

यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा बंगलादेशसँग


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकपको सुपर सिक्समा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १ बजर ४५ मिनेटमा सुरु हुँदैछ।

मंगलबार भारत र पाकिस्तानले जित निकालेपछि सुपर सिक्समा एउटा पनि खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट भने बाहिरिइसकेको छ। मंगलबारको खेल परिणामले सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सुपर सिक्सको पहिलो खेल बंगलादेशसँग खेल्न लागेको हो।

बंगलादेशको भने गणितिय सम्भावना बाँकी छ। अघिल्लो चरणको यात्राका लागि बंगलादेशले नेपाल र पाकिस्तानविरुद्ध फराकिलो जित निकाल्नुपर्ने छ। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्न पाउने भएकाले अब नेपालले दुबै खेल जिते पनि चार अङ्क मात्रै हुनेछ।

सुपर सिक्समा नेपालले दोस्रो खेल शुक्रबार भारतसँग खेल्दैछ। नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिएको प्रतिस्पर्धामा नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्समा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

आज नेपाल र बंगलादेशसहित चार खेल हुँदैछन्। मंगलबार तीन खेल भइसकेका छन्। मंगलबार भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ। सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गरेको भारतले दुई सय ९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा न्युजिल्याण्ड ८१ रनमा नै अलआउट भयो।

त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै आयरल्यान्डले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पाकिस्तानले सात विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो। जितसँगै भारत र पाकिस्तानको सेमिफाइनल यात्रा सहज भएको छ। मंगलबार भएको अर्को खेलमा श्रीलंकामाथि वेस्ट इन्डिजले तीन विकेटको जित निकालेको छ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू- १९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : १५ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको