सर्वोत्तमको आईपीओ बाँडफाँड | Khabarhub Khabarhub

सर्वोत्तमको आईपीओ बाँडफाँड


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारमा रहेकाहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँडमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकाले  ५० कित्ताका दरले बाँडफाँड गर्दा थोरै सङ्ख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँड भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ५८ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र