यू १९ विश्वकप : बंगलादेशले गुमायो पहिलो विकेट « Khabarhub

यू १९ विश्वकप : बंगलादेशले गुमायो पहिलो विकेट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउँदै बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा बंगलादेशले पहिलो विकेट गुमाएको छ । बंगलादेशका आशिकुर रहमान शिब्ली १६ रन बनाउँदै आउट भए । नेपालका सुवास भण्डारीले उनलाई ११ ओभर ४ बलमा आउट गरेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४२ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ