आजका समाचार : बन्द उद्योगको जिम्मा सेनालाई दिने तयारीदेखि यु-१९ विश्वकपमा नेपाल पराजितसम्म | Khabarhub Khabarhub

आजका समाचार : बन्द उद्योगको जिम्मा सेनालाई दिने तयारीदेखि यु-१९ विश्वकपमा नेपाल पराजितसम्म


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा सरकारको जनमुखी कदमले जनतामा भरोसा जागेको छ : प्रधानमन्त्री, तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ, दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित, अध्यक्ष ओलीद्वारा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार, यु-१९ विश्वकपमा नेपाल पराजित लगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिएका हुन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

थप…

सरकारको जनमुखी कदमले जनतामा भरोसा जागेको छ : प्रधानमन्त्री

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध : मन्त्री शर्मा

तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुँदैन : मन्त्री गुरुङ

दोलखामा ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता
कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान ९आइएलआरआई० बीच सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिविद्धतालाई बलियो बनाउने मन्त्रालयको विश्वास छ ।

अध्यक्ष ओलीद्वारा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण

राष्ट्रपति पौडेल र फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टबीच भेट

संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो :नेता कोइराला

विमलेन्द्र निधि भन्छन्-अबको प्रधानमन्त्री माधव नेपाल

मिलनचोक-रातोढुंगा प्रसारण लाइन 
म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ ।

पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुंगामा ३३-११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिए ।


‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निगरानीमा परीक्षण माघ १६ गते सकिएको छ’, उनले भने, ‘सबस्टेशन वरपरका जग्गाधनीको विवादका कारण सबस्टेशन चार्ज र सञ्चालन गर्न समस्या भएको छ ।’ वितरण लाइनमा जोड्ने वातावरण भएमा एकै दिनमा सञ्चालन गर्न सकिने लुइँटेलले बताए । गत पुस २९ गतेदेखि परीक्षण सुरु गरिएको थियो ।

‘विकास आयोजना पुरा नगर्ने कम्पनीका लागि कडा कानून निर्माण हुनुपर्छ’

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

हेटौँडा आन्तरिक राजस्व कार्यालयबाट तीन अर्ब राजस्व संकलन

मिसिल झिकाउने आदेश
सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश दिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले आज उक्त मुद्दामा मिसिल झिकाउने आदेश दिएको हो ।

न्यायाधीश मरासिनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सुनको मूल्य बढ्यो

खेलकुद…

नेपाल बंगलादेशसँग पराजित

आईसीसी यू १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा भएको खेलमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २५ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो ।

नेपालका सुवास भण्डारीले बंगलादेशको ५ वटै विकेट झारेका थिए । बंगलादेशका आरिफुल इस्लामले सर्वाधिक ५९ रन बनाउँदै नट आउट रहे भने जिशन आलमले ५५ रन जोडे । त्यस्तै बंगलादेशका आशिकुर रहमान शिब्लीले १६ रन बनाए ।

थ्रिस्टार क्लब आहारारा गोल्डकपको उपाधि नजिक

अपराजित पुलिसको आठौँ जित, लुम्बिनी १ सय ३ रनले पराजित

अन्तर्राष्ट्रिय…

सुल्तान इब्राहिमद्वारा मलेसियाको सत्रौँ राजाको रूपमा शपथ ग्रहण
सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले बुधबार क्वालालम्पुरको दरबारमा विशेष समारोहबीच मलेसियाको १७ औँ राजाको रूपमा शपथ लिएका छन् ।

पेराक राज्यका शासक सुल्तान नाजरिन शाहले आगामी पाँच वर्षसम्म राज्यको उप–प्रमुखको रूपमा सेवा गर्नेछन् । प्रधानमन्त्री अनवर इब्राहिम आफ्ना क्याबिनेट मन्त्रीहरूसँग नयाँ राजाको शपथ ग्रहण हेर्न समारोहमा उपस्थित भएका थिए ।

उनका पूर्ववर्ती पाहाङ राज्यका शासक सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले मङ्गलबार आफ्नो कार्यकाल पूरा गरेपछि इस्कन्दरको नियुक्ति भएको हो ।

उत्तरी नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ को मृत्यु

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ०२ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः