मन्त्री लिम्बूको पहलमा १२ वर्षपछि ‍स्काउटको निर्वाचन हुने « Khabarhub

मन्त्री लिम्बूको पहलमा १२ वर्षपछि ‍स्काउटको निर्वाचन हुने


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्ब‍ूले १२ वर्षपछि नेपाल स्काउटको निर्वाचन गराउने पहल थालेका छन् । उनको पहलसँगै नेपालको अग्रणी स्वयमसेवी संगठनको छवि बनाएको स्काउटको १२ वर्ष लामो संक्रमण अन्त्य हुने भएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

राजनीतिबाट अलग हुनुपर्ने विश्वव्यापी मान्यता बोकेको स्काउट अभियान कुनै समय नेपालका प्राय सबै विद्यालयमा पुगिसकेको थियो तर गणतन्त्र स्थापनापछि भने नेपाल स्काउट राजनीतिक खिचातानिको चंगुलमा फस्न पुग्यो ।

२०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट विभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको छ । यसैबीच मन्त्री लिम्बूले गत २०८० पुस २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ९ : ३८ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ