पर्वतको मिलनचोक–धाइरिङ सडक कालोपत्र सुरु « Khabarhub

पर्वतको मिलनचोक–धाइरिङ सडक कालोपत्र सुरु


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको मिलनचोक–धाइरिङ–घाहाखेत–धारापानी–ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ ।

सडक निर्माण सम्झौता भएको पाँच वर्षपछि मिलनचोकबाट सल्ल्यान खण्डमा कालोपत्र गर्न थालिएको हो । निर्माण कम्पनी हिमदुङ एण्ड थोकरले शनिबार सल्ल्यानबाट मिलनचोकतर्फ कालोपत्र गर्न सुरु गरिएको जनाएको छ ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक दीपेन्द्र श्रेष्ठले मिलनचोकबाट सल्यानसम्म तीन दशमलव पाँच किलोमिटर सडक कालोपत्र गर्न लागिएको बताए । उनका अनुसार यो खण्डमा एक साताभित्रै कालोपत्रको काम पूरा हुनेछ ।

धाइरिङको पहिरोभन्दा माथिदेखि घाखेत–ठोट्नेरीतर्फ पनि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने तयारी गरेको आयोजना व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

मिलनचोकबाट ठोड्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकरले ठेक्का सम्झौता गरेको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।

पाँच मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्र हुने सडक सात मिटर फराकिलो र पानी निकासको नाली निर्माणले गत मङ्सिरदेखि तीव्रता पाएको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी हर्षित भएको बताए ।

निर्माण कम्पनीका प्रतिनिधिसमेत रहेका जलजला गाउँपालिकाका पूर्वअध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले कोरोना महामारी, कमजोर भूगोल, पहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत चुनौती सामना गर्दै जिम्मेवारी पूरा गर्न लागेको बताए । यो सडक धाइरिङका एक हजारभन्दा बढी स्थानीयले नियमित रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : ५७ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको