बाजुरामा शैक्षिकसत्र आगवै पुग्यो पाठ्यपुस्तक « Khabarhub

बाजुरामा शैक्षिकसत्र आगवै पुग्यो पाठ्यपुस्तक


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।

जिल्लाको तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदहगौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पुर्‍याएको हो ।

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ ।

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए ।

शैक्षिकसत्र सुरु हुनुभन्दा अगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरूपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए ।

जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् ।

बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए । सो मध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  १२ : ४९ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।