राष्ट्रिय चेस च्याम्पियनसिप शनिवारदेखि « Khabarhub

राष्ट्रिय चेस च्याम्पियनसिप शनिवारदेखि


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय चेस च्याम्पियनसिप शनिबार सुरु हुने भएको छ।

आयोजकले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता १९ देखि २४ जेठसम्म आयोजना हुने जानकारी दिएको हो।

काठमाडौँको लाजिम्पाटस्थित होटेल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औँ खुला र नवौँ महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२ जना खेलाडी सहभागी हुनेछन्।

प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको राष्ट्रिय बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९ जना खेलाडी छनोट भएका थिए। छनोट हुनेमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ, ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजीव कार्की र काठमाडौँका सुश्रुत दाहाल छन्।

त्यस्तै महिलातर्फ झापाकी कृति सारा अधिकारी, काठमाडौँकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौँकी विनीता कपाली, भक्तपुरकी अंशु दिल प्रजापति, झापाकी पुनम प्रसाईँ, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन्।

त्यसैगरी २३ औँ राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौँ राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडे मास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

सुरवीर लामा थाइल्यान्ड र सुजना लोहनी हाल अस्ट्रेलियामा रहेको कारण उनीहरूको स्थानमा वैकल्पिक खेलाडीको रूपमा खुलातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ।

यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागिता जनाउन पाउने छन्।

त्यसैगरी यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औँ चेस ओलम्पियाडको लागि पुरुषतर्फ तीन र महिलातर्फ ४ गरी नेपालको तर्फबाट उत्कृष्ट ७ जना खेलाडी छनोट हुनेछन्।

नेपाल बुद्धिचाल महासङ्घका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान ५–५ जना खेलाडी सहभागी हुनेछन्। जसमा उच्च रेटेड खेलाडी खुलामा विवेक लामा र महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३ औँ राष्ट्रिय प्रतियोगिताको विजेताका रूपमा छनोट भइसकेका छन्।

प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औँ खुला तथा दसौँ महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले राष्ट्रिय बी मा प्रतिस्पर्धा गर्न पाउने छन्। यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ।

च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ भने सह प्रायोजकमा रुक्मिणी टुर्स एन्ड ट्राभल्स रहेको छ। यस्तै प्रायोजकमा नेपाल टेलिकम, वर्ल्ड लिङ्क कम्युनिकेसन र प्रभु बैङ्क रहेको लुम्बिनी इभेन्ट म्यानेजमेन्टका अध्यक्ष सुबोधराज सेर्पालीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

अध्यक्ष सेर्पालीले मुख्य प्रायोजक र प्रायोजकहरू प्राय सबै गत संस्करणकै भएको प्रस्ट पारेका थिए। प्रतियोगिताको गत संस्करण पनि होटेल ले हिमालयमै सञ्चालन भएको थियो।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने बताएका छन्।

विगतको संस्करणमा नेपाली खेलाडी ओलम्पियाडको पदक नजिक पुगे पनि पदकबाट भने वञ्चित रहँदै आएको स्मरण गर्दै अध्यक्ष महर्जनले यो पटक नेपाली खेलाडीले ओलम्पियाडमा उपाधि जित्ने गरी तयारी गर्ने बताए।

महासङ्घले खेलाडीलाई प्रशिक्षण लगायत आवश्यक सहयोग गर्ने समेत महर्जनले खुलासा गरे। कार्यक्रमको सञ्चालन महासङ्घका सदस्य राजु ताम्राकारले गरेका थिए।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १० : ०५ बजे

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त