झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान « Khabarhub

झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापामा सुपारी प्रशोधनका लागि ४० लाख रुपैयाँ अनुदान दिइएको छ ।

कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।

केन्द्रका निमित्त प्रमुख सागर विष्टले कोसी प्रदेश सरकारले ‘सुपारी प्रशोधन उद्योग पूर्वाधार तथा यन्त्र उपकरण सहयोग’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच लाखदेखि सात लाख ५० हजार रुपैयाँसम्म उपलब्ध गराएको जानकारी दिए ।

लाभग्राहीको २५ प्रतिशत र सरकारको ७५ प्रतिशत लागत सहभागितामा सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि अनुदान रकम उपलब्ध गराइएको निमित्त प्रमुख विष्टले बताए ।

मेसिनले प्रतिघण्टा चार सय केजी सुपारी प्रशोधन गर्न सक्नेछ । झापामा तीन हजार हेक्टरमा सुपारी खेती गरिएको छ भने वार्षिक १० हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ४ : १६ बजे

स्थानीय चुनावमा तालमेलको दिशामा एमाले-नेकपा सहमति : सूर्य थापा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता सूर्य थापाले स्थानीय चुनावमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

काठमाडौं– अनसनरत चिकित्सक डा गोविन्द केसीसँग वार्तामामार्फत सहमतिपूर्ण समाधान खोज्ने

तारेखमा छुटेका एमाले उपाध्यक्ष पौडेलको रोहवरमा प्रचण्ड-ओलीको सहमति

काठमाडौं- सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

एमाले-नेकपा सहमति : कहाँ कसको नेतृत्व ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश

धर्मेन्द्र प्रधानको राजीनामापछि पनि घर नफर्किने कक्रोच जनता पार्टीको चेतावनी

काठमाडौं- भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएसँग