धरानमा तेस्रो मेडिसिन अपडेट राष्ट्रिय सम्मेलन जारी | Khabarhub Khabarhub

धरानमा तेस्रो मेडिसिन अपडेट राष्ट्रिय सम्मेलन जारी


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

सुनसरी – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय मेडिसिन अपडेट–२०२४’ जारी छ ।

प्रतिष्ठानको अडिटोरियम हलमा सुरु भएको मेडिसिन अपडेट सम्मेलनमा मुलुक भरका विभिन्न मेडिकल कलेज र अस्पतालका ३५० भन्दा बढी मेडिसिन चिकित्सकहरू सहभागी छन्‌ ।

शनिबार सम्पन्न हुने सम्मेलनमा मेडिसिनसम्बन्धी आठ विभागमा कार्यररत चिकित्सकहरूले दर्जन बढी चिकित्सकीय शोधपत्र प्रस्तुत गरिरहेका छन् ।

वीपी प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागको संयोजनमा सुरु भएको मेडिसिन अपडेटको मुख्य उद्देश्य नयाँ पुस्ताका युवा चिकित्सकहरूलाई बिरामी उपचारमा नयाँ औषधी प्रयोगबारे जानकारी आदान प्रदान गर्नु रहेको बताइएको छ ।

सम्मेलनका संयोजक तथा वीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा. रवीन मास्केले भने, ‘खासगरी मेडिसिन विभाग अन्तर्गतका आठ क्षेत्रका चिकित्सक, नर्स र विद्यार्थीलाई मेडिसिन अपडेट सम्मेलनमार्फत उपचारमा नयाँ नयाँ प्रविधि र औषधि प्रयोगबारे जानकारी दिइनेछ ।’

‘इम्पावरिङ हेल्थ केयर प्रोफेसनल थ्रु मेडिसिन एजुकेशन एण्ड इनोभेटिङ स्ट्राटेजी’ नारासहित सुरु भएको मेडिसिन अपडेटमा इन्डोक्राइन (हर्मन), न्यूरोलोजी (स्नायु), ह्रुमेटोलोजी (बाथ), सरुवा रोग र जेरियाटिक, फोक्सो र क्रिटिकल केयर, कार्डियोलोजी (मुटु) र नेफ्रोलोजी (मृगौला), ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी (कलेजो र आन्द्रा), अंकोलोजी (क्यान्सर)को उपचारमा सम्लग्न चिकित्सकहरू सहभागी छन्‌ ।

हर्मन विषेशज्ञ समेत रहेका संयोजक प्रा.डा. मास्केले भने, ‘सम्मेलनमा हामीले नर्सिङ र पब्लिक हेल्थका स्वास्थ्यकर्मीलाई पनि सहभागिता जनाउन लगाएका छौं । मेडिसिन अपडेटजस्तो सम्मेलनले उपचारमा संलग्न चिकित्सकलाई चिकित्सा विज्ञानमा देखिएको नयाँ प्रविधि र उपचार पद्धतिबारे जानकारी दिन्छ ।’

सम्मेलनको पहिलो शत्रमा कलेजो रोग र उपचार पद्धतिबारे ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागका प्रमुख प्रा.डा. विक्रम प्रधान, क्यान्सरको नवीन उपचार पद्धतिबारे डा. सोनिया दुलाल, हार्मोनको असरबारे प्रा.डा. रवीन मास्के, डा. अजय प्रधान, डा. विश्वनाथ कोइराला र डा. प्रतापकुमार रोयले बोलेका थिए ।

यसैगरी मोटोपनबारे डा. अविनाश राई, टाइप १ र टाइप २ मधुमेहमा इन्सुलिन थेरापीबारे डा. उत्तर मैनाली, कुशिङ उपचारमा चिकित्साजनित द्विविधाबारे डा. कल्याण सापकोटा, न्यूरोलोजीमाथि डा. आलोक दाहाल, डा. राजु पौडेल, डा. वीरेन्द्र विष्ट, डा. रवीन भण्डारी, डा. लेखजंग थापा, डा. भुपेन्द्र शाह र डा. विवेक रौनियारले बोलेका थिए ।

बाथरोगको उपचार पद्धतिबारे डा. बुद्धि पौडेल, डा. राजु रिजाल, डा. ज्ञानेन्द्र मल्ल, डा. विवेक कट्टेल र डा. उज्वल रिसालले बोलेका थिए भने ज्येष्ठ नागरिकमा प्रयोग हुने औषधी र रोगहरूबारे डा. रवीन मास्के, प्रा.डा. संजीव शर्मा, डा. नीलाम्बर झा, डा. रमेश कडेल, डा. दुर्गा भण्डारी र डा. रन्जीतकुमार दासले बोलेका थिए । पल्मोलोजी (फोक्सो) रोग र उपचारबारे डा. पुरु कोइराला, डा. सुवोध सागर ढकाल, डा. सुन्दर पाण्डे, प्रा.डा. नरेन्द्र भट्ट र डा. रेजिना शाहीले प्रस्तुती दिएका थिए ।

सम्मेलनको दोश्रो दिन शनिबार कार्डियोलोजी (मुटु) र नेफ्रोलोजी (मृगौला) रोग निदानबारे प्रा.डा. संजीवकुमार शर्मा, डा. धनकुमार आचार्य, डा. नवीन पाण्डे, डा. माधव घिमिरे, डा. कृष्ण अग्रवाल, डा. कुन्जङ शेर्पा र डा. धिरज मानन्धरको प्रस्तुती रहेको छ । यसैगरी ग्यास्ट्रोइन्टेरोलोजी (कलेजो र आन्द्रा) रोग र उपचारबारे प्रा.डा. विक्रम प्रधान, डा. पवन पराजुली, डा. डेनिस पियुस डा. सत्दल चौधरी, डा. मोहन खड्का, डा. संदीप बज्राचार्य र डा. भुवनेश्वर यादवले बोल्ने छन् ।

अंकोलोजी (क्यान्सर) रोग उपचारबारे डा. राकेश कुमार गुप्ता, डा. सुरेश साह, प्रा.डा. विष्णु पौडेल, डा. शारदा खड्का, डा. अविश अधिकारी र डा. राजिव शर्माले बोल्ने छन् भने नर्सिङ र पब्लिक हेल्थबारे रमानन्द चौधरी, डा. पारश पोखरेल, कला थापा, आयुसमा केसी र डा. नीलाम्बर झाले बोल्नेछन् ।

नेपालमा पहिलो पटक मेडिसिन अपडेट सम्मेलन सन्‌ २००३ मा र दोश्रो सम्मेलन सन्‌ २०२२ मा प्रा.डा. मास्केकै संयोजनमा वीपी प्रतिष्ठानमै भएको थियो ।

प्रत्येक दुई वर्ष अन्तरमा मेडिसिन अपडेट सम्मेलन गर्ने प्रतिवद्धता सन्‌ २०२२ मा गरेकाले यसपटक पनि वीपी प्रतिष्ठानमै आयोजना गरिएको हो ।

उक्त अवसरमा मेडिसिन विभागमा ३० वर्षदेखि हेल्परको रूपमा कार्यरत वीपी प्रतिष्ठानका रमन सुवेदीलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिने पनि आयोजक मेडिसिन विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  ५ : ४९ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं