सुपर ओभरमा श्रीलंकाले दियो ३ रनको लक्ष्य, एक बलमै भारतको जित ! « Khabarhub

सुपर ओभरमा श्रीलंकाले दियो ३ रनको लक्ष्य, एक बलमै भारतको जित !


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा भारतले रोचक जित निकालेको छ। यसअघि सिरिजका दुई खेल जितिसकेको भारतविरुद्ध शानदार प्रदर्शन गरेको श्रीलंका अन्तिम खेलमा सुपर ओभरमा पराजित भएको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। १३८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ८ विकेटको क्षतिमा १३७ रन बनाउँदै खेल सुपर ओभरमा धकेलेको हो।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले दुई विकेट गुमाएर भारतलाई मात्र तीन रनको लक्ष्य दियो। उसका लागि कुसल मेन्डिसले दुई बलमा एक रन जोडे भने कुसल परेरा, पथुम निसानका शून्यमै आउट भए। अर्को एक रन वाइड पाएको श्रीलंकाले मात्र दुई रन जोडेको हो। भारतका वासिङ्टन सुन्दरले चार बल फाल्दा दुई विकेट हात पारेका हुन्।

३ रनको लक्ष्य पछ्याएको भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै रोचक जित निकालेका हुन्। यो रोचक जितसँगै भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिजमा ३-० को शानदार जित निकालेको छ।

पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। अब भारतले श्रीलंकासँगै ओडिआइका तीन खेलको सिरिज खेल्नेछ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले टी–२० र ओडिआइ दुवै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्य राखेको छ। भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन्। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन्। यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

यो पनि पढ्नुहोस्

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ६ : ३३ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल