पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : पर्यटनमन्त्री पाण्डे  « Khabarhub

पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : पर्यटनमन्त्री पाण्डे 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै प्रगति गर्न नसक्ने बताएका छन् ।

 बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले  निजी क्षेत्रलाई स्व-स्फूर्त रूपमा आउन समेत आग्रह गरे ।

उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए ।

उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्र चलायमान र गतिशील बनाउन आग्रह गरे । उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरे ।

उनले बहुभाषिक, बहुसांस्कृति र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको बताए । उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन,अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे।

उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै क्षेत्रबाट मात्रै चिनाउन सकिने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : २० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत