पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : पर्यटनमन्त्री पाण्डे  « Khabarhub

पर्यटनको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : पर्यटनमन्त्री पाण्डे 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकारी प्रयासले मात्रै प्रगति गर्न नसक्ने बताएका छन् ।

 बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले  निजी क्षेत्रलाई स्व-स्फूर्त रूपमा आउन समेत आग्रह गरे ।

उनले भिजिट नेपाल अभियानले पर्यटन क्षेत्रलाई उजागर गरेको बताए । उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए ।

उनले परिणाममुखी काम गरेर पर्यटनको क्षेत्र चलायमान र गतिशील बनाउन आग्रह गरे । उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

नेपाल वायु सेवा निगम लगायतका क्षेत्रमा प्रश्न उठेको बताउँदै के कति कारणले चल्न सकेको छैन भन्दै प्रश्न गरे ।

उनले बहुभाषिक, बहुसांस्कृति र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको बताए । उनले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन,अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे।

उनले मुलुकको प्रकृति र संस्कृतिलाई समेत पर्यटनकै क्षेत्रबाट मात्रै चिनाउन सकिने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  १ : २० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति