६४ अंकले बढ्याे नेप्से, २१ कम्पनीमा सकारात्मक सर्किट « Khabarhub

६४ अंकले बढ्याे नेप्से, २१ कम्पनीमा सकारात्मक सर्किट


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुल ट्रेन्ड कायमनै भएको छ । बुधबार पनि ६४ अंकले नेप्से बढेर बुल ट्रेन्ट कायम रहेको हो । नेप्से बढ्दो क्रममा रहे पनि कारोबार भने करिब २२ अर्बको कारोबार भएको छ । उक्त कारोबारसँगै नेप्सेले समेत नयाँ रेकर्ड बनाएको छ । यस अधि नेप्सेले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

नेप्से बढ्दा २१ कम्पनीको शेयरले भने पोजेटिभ सर्किट हानेको छ । प्रि-ओपन सेसनमा ११ अंकले बढेको नेप्से बजार खुल्ला हुन साथ बुलमा गयो । नेप्से १ः२४ सम्म बुलमा रहे पनि त्यसपछि भने नेप्से घट्न पुग्यो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडी नेप्से थप झिनो अंकले बढेर बजार बन्द हुँदा ६४.२५ विन्दुमा पुग्यो ।

बुधबार नेप्से २.३८ प्रतिशतले बढ्दा २७६०.९० विन्दु कायम भयो । नेप्से बढेसँगै २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भयो ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छायो ।  सबैभन्दा बढी फाइनान्स समूहको शेयर बढ्यो । एकै दिन फाइनान्सको शेयर ८.०८ प्रतिशतले वृद्धि भयो । त्यस्तै बैंकिङ १.०४ प्रतिशतले, विकास बैंक ३.२१ प्रतिशतले, होटल एण्ड टुरिजम २.९६ प्रतिशतले, हाइड्रो २.११ प्रतिशतले र इन्भेष्टमेन्ट ६.८९ प्रतिशतले शेयर मूल्य बढ्यो ।

साथै, जिवन बीमा २.१० प्रतिशतले, उत्पादन १.८० प्रतिशतले, लघुवित्त ०.६३ प्रतिशतले, म्युचअल फण्ड १.३० प्रतिशतले, निर्जीवन बीमा १.८७ प्रतिशतले, अन्य समूह ३.९९ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले वृद्धि भएको छ ।

सबै समूहमा हरियाली छाउँदा १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । आज कारोबारले इतिहास कायम गर्दा पनि ४४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३३२ कम्पनीको २ लाख ३८ हजार २७२ पटक शेयर कारोबार हुँदा ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २६ बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले