६४ अंकले बढ्याे नेप्से, २१ कम्पनीमा सकारात्मक सर्किट « Khabarhub

६४ अंकले बढ्याे नेप्से, २१ कम्पनीमा सकारात्मक सर्किट


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बुल ट्रेन्ड कायमनै भएको छ । बुधबार पनि ६४ अंकले नेप्से बढेर बुल ट्रेन्ट कायम रहेको हो । नेप्से बढ्दो क्रममा रहे पनि कारोबार भने करिब २२ अर्बको कारोबार भएको छ । उक्त कारोबारसँगै नेप्सेले समेत नयाँ रेकर्ड बनाएको छ । यस अधि नेप्सेले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँको कारोबार गरेको थियो ।

नेप्से बढ्दा २१ कम्पनीको शेयरले भने पोजेटिभ सर्किट हानेको छ । प्रि-ओपन सेसनमा ११ अंकले बढेको नेप्से बजार खुल्ला हुन साथ बुलमा गयो । नेप्से १ः२४ सम्म बुलमा रहे पनि त्यसपछि भने नेप्से घट्न पुग्यो । बजार बन्द हुनु भन्दा २ मिनेट अगाडी नेप्से थप झिनो अंकले बढेर बजार बन्द हुँदा ६४.२५ विन्दुमा पुग्यो ।

बुधबार नेप्से २.३८ प्रतिशतले बढ्दा २७६०.९० विन्दु कायम भयो । नेप्से बढेसँगै २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच भयो ।

आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छायो ।  सबैभन्दा बढी फाइनान्स समूहको शेयर बढ्यो । एकै दिन फाइनान्सको शेयर ८.०८ प्रतिशतले वृद्धि भयो । त्यस्तै बैंकिङ १.०४ प्रतिशतले, विकास बैंक ३.२१ प्रतिशतले, होटल एण्ड टुरिजम २.९६ प्रतिशतले, हाइड्रो २.११ प्रतिशतले र इन्भेष्टमेन्ट ६.८९ प्रतिशतले शेयर मूल्य बढ्यो ।

साथै, जिवन बीमा २.१० प्रतिशतले, उत्पादन १.८० प्रतिशतले, लघुवित्त ०.६३ प्रतिशतले, म्युचअल फण्ड १.३० प्रतिशतले, निर्जीवन बीमा १.८७ प्रतिशतले, अन्य समूह ३.९९ प्रतिशतले र ट्रेडिङ समूह २.७६ प्रतिशतले वृद्धि भएको छ ।

सबै समूहमा हरियाली छाउँदा १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । आज कारोबारले इतिहास कायम गर्दा पनि ४४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ३३२ कम्पनीको २ लाख ३८ हजार २७२ पटक शेयर कारोबार हुँदा ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ३ : २६ बजे

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन