इट्टा उत्पादन कम्पनी इको केयरको ब्रान्डएम्बेस्डर बने ‘राता मकै’  | Khabarhub Khabarhub

इट्टा उत्पादन कम्पनी इको केयरको ब्रान्डएम्बेस्डर बने ‘राता मकै’ 


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो ।

अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ ।

कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो । उनको दाबी छ, ‘हामीले उत्पादन गर्ने इट्टा काँचो तर पाकेको इट्टाभन्दा गुणस्तरीय छ ।’

वातावरण मैत्री तरिकाले इट्टा उत्पादन हुने र गुणस्तरबारे डेढ महिना अध्ययन गरेर मात्रै यसको ब्रान्ड एम्बेस्डर बनेको कलाकार केसीको भनाइ छ ।

उनी भन्छन्, ‘मैले विगतमा ३ वटा इट्टभट्टा सञ्चालन गरेको थिए । इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले नै मैले व्यवसाय छोडेँ । अहिले विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म इम्बेस्डर बन्न राजी भएँ ।’

थोरै जग्गा, कम लगानी र थोरै जनशक्तिमा विद्यामान इट्टाभट्टाले भन्दा बढी इट्टा उत्पादन गर्न सक्ने कम्पनीको दाबी छ । अन्य स्थानमा यस प्रविधिको प्रयोग गरी इट्टा उत्पादन गर्न चाहनेलाई इको केयरले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनी भन्छ, ‘परम्परागतशैलीमा इट्टा बनाउने उद्योगलाई हामीले विस्थापन गर्न खोजेको होइन । उहाँहरूका लागि सहज र सरल विधि परिचय मात्रै गराउन खोजेको हो । हाम्रो उद्देश्य नै कम वातावरण प्रदूषणमा गुणस्तरीय इट्टा उत्पादन गर्नु हो ।’

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : १९ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’