कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने « Khabarhub

कांग्रेस पदाधिकारी बैठक बस्दै, महामन्त्रीद्वयका प्रतिवेदनमा छलफल हुने


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ ।

महासमिति बैठकमा राखिएको महामन्त्री थापाको प्रस्तावमा कांग्रेसले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र रूखमा भोट हाल्न पाउने ग्यारेन्टी तथा अर्का महामन्त्री शर्माको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटकसम्म सांसद बन्न पाउने प्रस्तावमा सभापति देउवाले परिमार्जन चाहेका छन् ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा छन् ।

भोलि बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर पारित गर्ने सभापति देउवाको योजना छ । तर महामन्त्रीद्वय आफ्नो अडानबाट पछि नहटेपछि आज पदाधिकारी बैठक बोलाइएको हो ।

 

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ८ : ३८ बजे

बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै

एकैदिन विपद्का घटनामा परी ७ जनाको मृत्यु, १९ घाइते

काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७

रुसमा युक्रेनी ड्रोन आक्रमणमा चार जनाको मृत्यु, सात घाइते

एजेन्सी– रुसमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा परी चार जनाको

लागूऔषधसहित पाँचजना पक्राउ

विराटनगर– कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध

कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध

मान्म– कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा