नेपालका पुस्तकालयमा प्रविधिको प्रयोग | Khabarhub Khabarhub

नेपालका पुस्तकालयमा प्रविधिको प्रयोग



शनिबार देशभर १७ औँ राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। हरेक वर्ष भदौ १५ गते यो दिवस मनाइन्छ। वि.सं. २०६५ सालदेखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो।

नेपालमा हालसम्मको पुस्तकालय विकासक्रमलाई अध्ययन गर्दा प्राविधिक व्यवस्थापकीय तथा सेवा प्रवाहका आधारमा चार चरणमा विभाजन गर्न सकिन्छ।

पुस्तकालय १.० देखि पुस्तकालय ४.० सम्म विभाजित गरेर यसलाई चरणबद्ध रुपमा हेरिन्छ। यी चरण समयको गतिशीलतासँगै पुस्तकालयको भूमिका, सेवा, प्रविधिको उपलब्धता तथा उपयोगमा आएको परिवर्तनको आधारमा विभाजित भएका हुन्।

पुस्तकालय ४.० भन्नाले पुस्तकालयको चौथो पुस्तालाई जनाउँछ। पुस्तकालय ४.० को अवधारणा चौथो औद्योगिक क्रान्तिले ल्याएको प्रविधि र विचारसँगै विकसित भएको हो।

पुस्तकालय ४.० ले पुस्तकालयहरुको भूमिकामा आएको परिवर्तन तथा पुस्तकालयको भविष्यलाई परिभाषित गर्छ। यसको उद्देश्य परम्परागत प्रणाली भन्दा नयाँ प्रविधिको अधिकतम प्रयोगमार्फत पुस्तकालय सेवा तथा सुविधा उपलब्ध गराउनु रहेको छ। यसले आधुनिक प्रविधि, समाजको आवश्यकता, शैक्षिक वातावरणमा रचनात्मक सुधार आदि विषयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

यो चरणले प्रविधिको प्रयोगमा मात्र सीमित नरहेर सूचनाको प्रवाह, व्यवस्थापन र पहुँचलाई पनि पुनः परिभाषित गर्ने गर्छ। यसले पुस्तकालयका स्रोत तथा साधनलाई डिजिटाइजेशन र भर्चुअलाइजेशन पद्धति मार्फत अनलाइन प्लेटफर्ममा पहुँच योग्य बनाउँछ। सूचनाको मात्रा र गति तीव्र रुपमा बढिरहेको अवस्थामा ब्लकचेन तथा डिजिटल प्रविधिको प्रयोग गरेर सूचनाहरुको प्रमाणीकरण तथा विश्वसनीयता कायम गर्न सहयोग गर्नुका साथै दीर्घकालीन संरक्षण र पहुँचको सुनिश्चितता गर्छ। जसका कारण भविष्यका पुस्ताले पनि संरक्षित सूचनाको प्रयोग गरी फाइदा लिन सक्छन्।

इन्टरनेट अफ थिङ्ग्सको प्रयोग गरी सूचना व्यवस्थापनलाई स्वचालित गर्ने, सूचनाको स्थान निर्धारण गर्ने, सुरक्षा ट्रयाकिङ्ग गर्ने तथा सूचनाको पहुँचलाई व्यवस्थापन तथा नियन्त्रण गर्नेगर्छ। त्यसैगरी पुस्तकालय ४.० ले डिजिटल प्लेटफर्ममार्फत सूचनाको संप्रेषणलाई भौगोलिक, सामाजिक तथा आर्थिक सीमाङ्कन नगरी सबैका लागि पहुँच योग्य बनाउँछ। आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) र डेटा एनलाइटिक्सको प्रयोग मार्फत पाठकहरुको सूचना प्रयोगको आवश्यकता, शैली तथा रुची पहिचान गरी व्यक्तिगत रुपमा सूचना संप्रेषण गर्न सहज बनाउँछ।

यसले पुस्तकालयलाई नयाँ सन्दर्भ र भूमिकामा प्रभावकारी बनाई पुस्तकालयलाई भविष्यको आवश्यकता पुरा गर्न सबल र सक्षम बनाउँछ। जसको परिणाम स्वरुप पुस्तकालयले समाजमा दीर्घकालीन प्रभाव पार्न सफल हुन्छन्।

नेपाल र पुस्तकालय ४.०
प्रविधिको तीव्र विकास तथा विश्वव्यापीकरणको असरले नेपालका पुस्तकालय तथा पुस्तकालय प्रयोगकर्तालाई पनि प्रभाव पारेको छ।

प्राविधिक विकासले सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। विस्तारै परम्परागत पुस्तकालय डिजिटल तथा इ-पुस्तकालयमा परिवर्तन हुन थालेका छन्। ज्ञान र सूचना अनलाइन क्याटलग इ-बुक्स, इ-जर्नल, डिजिटल अभिलेख आदि जस्ता माध्यमबाट प्रयोगकर्ताको घरघरमा र हातहातमा संप्रेषण हुन थालिसकेको छ।

छिटफुट रुपमा पुस्तकालयलाई स्वचालिकरण गर्ने प्रयास सुरु हुन थालेको भएता पनि हालसम्म पुस्तकालय ४.० ले परिकल्पना गरेको स्मार्ट पुस्तकालय नेपालमा नभएको अवस्था छ।

नेपालमा प्राविधिक रुपले सम्पन्न स्वचालित पुस्तकालय निर्माण तथा सञ्चालनका लागि केही चुनौती छन्। यसका लागि आवश्यक समयसापेक्ष ऐन तथा नीतिको अभाव प्रमुख चुनौती हो। प्रविधिको सीमित पहुँच, प्राप्त प्रविधिको सहि र प्रभावकारी प्रयोग हुन नसक्नु थप चुनौती बनेको छ।

डिजिटल विभाजन, प्रविधिको पहुँचमा रहेको क्षेत्रीय असमानता, आर्थिक असमानता आदि अत्याधुनिक पुस्तकालय सञ्चालनको अवरोधका कारण हुन्।

डिजिटल विभाजन, प्रविधिको पहुँचमा रहेको क्षेत्रीय असमानता, आर्थिक असमानता आदि अत्याधुनिक पुस्तकालय सञ्चालनको अवरोधका कारण हुन्। आवश्यक प्राविधिक तथा व्यवसायिक दक्ष जनशक्तिको अभाव, मानव संसाधनमा रहेको यथास्थितिवादी सोच, नयाँ ज्ञान र सीप हासिल गर्ने तत्परतामा कमी आदि पनि चुनौतीका रुपमा रहेका छन्। राज्यका नीति निर्माता, पुस्तकालय व्यवस्थापक, समाजका अग्रणी व्यक्ति आदिमा पुस्तकालय ४.० को फाइदा र आवश्यकताका बारेमा पर्याप्त ज्ञान नहुनु प्रमुख चुनौती बनेको छ।

जसको परिणाम पुस्तकालयको डिजिटल रुपान्तरणमा प्रत्यक्ष प्रभाव परेको छ। नेपालमा पुस्तकालय ४.० का सम्भावना पुस्तकालय ४.० को अवधारणा पुस्तकालयमा डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै पुस्तकालयबाट प्रदान गरिने सेवालाई स्वचालित रुपमा छिटो छरितो तथा सबैका लागि पहुँच योग्य बनाउनु, तीव्रगतिको डेटा उपलब्ध गराई पुस्तकालय प्रयोगकर्ताको अध्ययन तथा अनुसन्धानलाई अझै परिस्कृत बनाउनु हो।

नेपालमा पुस्तकालय ४.० ले विभिन्न क्षेत्रमा विविध सम्भावना रहेका छन्। जस्तैः Radio Frequency Identification-RFID, Integrated Library software  लगायतका प्रविधिको प्रयोगले सूचनाको व्यवस्थापन तथा सुरक्षालाई सुसंगठित तथा व्यवस्थित बनाएर पुस्तकालयमा स्मार्ट सेवा प्रवाह सम्भव बनाउँछ। जस्तैः एआईमा आधारित Search engine, Online Public Access Catalogue (OPAC), Online Learning Platform सूचनाको स्वचालित वर्गीकरण प्रणाली आदिले सेवालाई अझै प्रभावकारी र पाठक अनुकुल बनाउँछ।

यसका साथै पुस्तकालय प्रयोगकर्ताका लागि अनलाइन सदस्यता जस्ता सेवाहरु उपलब्ध गराउन सक्छ। शैक्षिक तथा अनुसन्धान कार्यका लागि अन्तर्राष्ट्रिय सूचनामा पहुँच वृद्धि गर्न सकिन्छ। इ-जर्नल, इ-बुक्स, अनलाइन डेटावेस लगायतका सूचनाको प्रयोगले ग्रामीण तथा शहरी सबै क्षेत्रमा पाठकको अध्ययन तथा अनुसन्धान कार्य सहज तथा सरल बनाउन सक्छ।

स्वचालित प्रणालीको प्रयोगले पुस्तकालयका साधन स्रोतको कुशल व्यवस्थापन, पुस्तकालयको सेवामा प्रभावकारिता र दक्षता बढाउन, व्यवस्थापन प्रक्रियामा हुने मानवीय त्रुटी घटाउन सम्भव हुन्छ। प्रविधिको प्रयोगले विभिन्न भाषामा उपलब्ध सूचनालाई विविध समुदायका पाठक माझ पहुँच योग्य बनाई सहभागितामूलक तथा समावेशी सिकाई मार्फत विविधतामा एकता कायम गर्न सजिलो बनाउँछ।

प्रविधिको प्रभावकारी प्रयोगले पुस्तकालयका पाठकलाई सिर्जनात्मक गतिविधि जस्तैः कार्यशाला, नवप्रवर्द्धन, उद्यमशीलता विकास जस्ता विषयमा सहभागी गराउन सकिन्छ। प्रविधिमैत्री पुस्तकालय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विशेष तालिम कार्यक्रम सञ्चालन गरी पुस्तकालयमा कार्यरत कर्मचारीको सीप, क्षमता तथा दक्षता अभिवृद्धि गर्न सकिन्छ।

प्रविधिको प्रभावकारी प्रयोगले पुस्तकालयका पाठकलाई सिर्जनात्मक गतिविधि जस्तैः कार्यशाला, नवप्रवर्द्धन, उद्यमशीलता विकास जस्ता विषयमा सहभागी गराउन सकिन्छ।

निष्कर्ष
पुस्तकालयले प्रविधिको पूर्ण रुपमा प्रयोग गरेर शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याउन सक्नुका साथै आफ्नो स्रोत साधनमा सबैको पहुँच सुनिश्चित गर्नसक्छ। प्रविधिको उचित प्रयोगले पुस्तकालयलाई भविष्यमा अझै सशक्त, दिगो र मार्गनिर्देशक ज्ञानको भण्डारको रुपमा स्थापित गर्न सहयोग गर्छ। नेपालमा पनि पुस्तकालय ४.० को अवधारणा अनुसार प्रविधिको उचित प्रयोगमार्फत पुस्तकालय सेवामा प्रभावकारिता प्रवर्द्धन गरी समावेशी र सबैको पहुँच पुग्ने बनाउने सम्भावना रहेको छ।

नेपालमा ऐन तथा नीतिको अभाव, दक्ष जनशक्तिको कमी, प्राविधिक संसाधनको जस्ता चुनौती विद्यमान रहेका छन्। शैक्षिक तथा अनुसन्धान कार्यमा अझ परिस्कृत बनाउनका लागि सूचनाको व्यवस्थापनमा यस अवधारणाले सुधार ल्याउन सहयोगी सिद्ध हुन्छ। चुनौतीको सामना सहज छैन तथापि अपरिहार्य छ। नेपालमा पनि पुस्तकालय ४.० को अवधारणाले पुस्तकालयलाई एक नयाँ युगमा प्रवेश गराई सूचनाको पहुँचमा विस्तार गरी समाजको सर्वाङ्गीण विकासमा टेवा पुर्याउन सक्नेछ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ९ : ५४ बजे

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई