समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत « Khabarhub

समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रवक्ता डा महत


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बागमती – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

जय नेपाल फाउण्डेशनले आज मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राखे ।

‘‘महिलाको ३३ प्रतिशत र अरू समुदायको प्रतिनिधित्व नघट्ने गरी प्रत्यक्ष निर्वाचन विधिबाट समानुपातिक समावेशितालाई सुनिश्चित गर्दै संविधान संशोधन गर्न सकिन्छ”, उनले भने, ‘‘यसबाट महिलालगायत वर्गमा प्रत्यक्ष चुनाव लड्ने गरी नेतृत्वको विकास हुन्छ । एउटै दलले बहुमत ल्याउन सक्छ । यस्तो भन्दैमा पार्टीको त्यसै बहुमत आउँदैन । त्यसका लागि पार्टीका नेता कार्यकर्ता एक ढिक्का भएर जनताको घरमा पुग्नुपर्छ ।”

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा महतको स्पष्टोक्ति थियो । ‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ”, उनको भनाइ थियो ।

प्रतिनिधिसभा सांसद डा महतले अब नेपालमा केही गर्न सकिँदैन, केही हुँदैन भनेर बन्दै गरेको भाष्य चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘‘आजभन्दा केही वर्षअघिसम्म नेपालका दुर्गम गाउँ बस्तीमा सडक पूर्वाधार पुग्छ भन्ने कसैले कल्पना गरेको थियो रु तर आज गाउँगाउँमा सडक, स्वास्थ्य, शिक्षालगायत पूर्वाधार पुगेका छन् । त्यसैले यहाँ पनि धेरै कुराहरू सम्भव छ भन्ने कुरा युवामा बुझाउनुपर्छ”, उनले भने ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । सामाजिक र आर्थिक विकासमा युवा शक्तिलाई सदुपयोग गर्न सकिए छिट्टै मुलुक सम्बृद्ध बन्ने जिकिर गर्नुहुँदै उहाँले युवाहरूमा बढ्दै गएको निराशा र असन्तुष्टिलाई दृष्टिगत गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

फाउण्डेशनका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु-याउने व्यक्ति तथा कांग्रेसका तर्फ निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ८ : २४ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका