रूसमा २२ जना सवार हेलिकप्टर बेपत्ता « Khabarhub

रूसमा २२ जना सवार हेलिकप्टर बेपत्ता


१५ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्।

कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, “ग्रीनवीच समय अनुसार शनिबार बिहान करिब ४ः१५ मा एमआई–८ हेलिकप्टरसँगको सम्पर्क विच्छेद भएको छ । हेलिकप्टरमा १९ जना यात्रु र तीन चालक दलका सदस्य गरी २२ जना सवार थिए।”

रूसी अधिकारीका अनुसार अन्य हेलिकप्टरमा पठाइएका उद्धार टोलीहरूले रातभर हराइरहेको हेलिकप्टरको खोजी गरिरहेका छन्।

एमआई–८ सोभियतकालिन डिजाइनको सैन्य हेलिकप्टर हो जुन रूसमा यातायातको लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

हराएको हेलिकप्टरले जङ्गली परिदृश्य र सक्रिय ज्वालामुखीका लागि चिनिने वाचकाझेट्स प्रायद्वीपको एक रमणीय क्षेत्रमा रहेको ज्वालामुखी नजिकैबाट यात्रुहरूलाई उठाएको थियो।

आपतकालीन सेवाका एक स्रोतले तास समाचार संस्थालाई बताएअनुसार हेलिकप्टर उडेको केही समयपछि राडारबाट गायब भएको थियो र चालक दलका सदस्यलाई कुनै समस्या भएको थिएन।

मौसमसम्बन्धी सेवा प्रदान गर्ने स्थानीय एक कार्यालयले विमानस्थलको क्षेत्रमा ‘भिजिबिलिटी’ कम रहेको जनाएको छ ।

रूसको प्रायः उडानका लागि प्रतिकुल मौसम रहने सुदूर पूर्वी क्षेत्रमा विमान र हेलिकप्टर दुर्घटना धेरै हुन्छन् । यहाँ पातलो वस्ती र कम जनसङ्ख्या रहेको छ ।

सन् २०२१ को अगष्टमा १३ जना पर्यटकसहित १६ जना सवार एमआई–८ हेलिकप्टर भिजिबिलिटी कम भएका कारण कामचट्काको तालमा खस्दा आठ जनाको मृत्यु भएको थियो ।

सोही वर्षको जुलाईमा प्रायद्वीपमा अवतरणका लागि आएको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो जसमा २२ जना यात्रु र छ जना चालक दलका सदस्य थिए।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ९ : २६ बजे

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक