भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली « Khabarhub

भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाएर आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।

लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

आज लक्ष्मीको पूजा पश्चात् भैली खेल्ने गरिन्छ । भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतिको रूपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै यकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाको साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशीर्वाद दिँदै हिँड्ने चलन छ ।

देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन छ । कतिपय स्थानमा भने लक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

भैली खेल्ने योजना बनाइरहनु भएको छ भने हामी भैलीका गीतहरू प्रस्ट पार्ने छौँ ।  तिहारमा यसरी गाइन्छ भौली गीत :

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
हे ! औँसी को बारो (बार), गाई तिहारो भैलो ।

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

‍‍औँसीको रात अन्धकार, बत्ती नै बत्तीको चमत्कार
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

गाउँघरमा खटाको, बलीमा राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरौला, के–के दिन्छिन् हेरौँला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ती छिन्, लक्ष्मी माता जस्ती छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दै छिन्, रुपैयाँ पैसा गन्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देऊ, नदिने भए बिदा देऊ
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ८ : ४५ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको