भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली | Khabarhub Khabarhub

भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाएर आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।

लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ ।

आज लक्ष्मीको पूजा पश्चात् भैली खेल्ने गरिन्छ । भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतिको रूपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै यकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाको साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशीर्वाद दिँदै हिँड्ने चलन छ ।

देशका कतिपय स्थानमा तिहार सुरू हुनासाथ भैली खेल्ने चलन छ । कतिपय स्थानमा भने लक्ष्मी पूजाका दिन मात्र भैली खेल्ने गरिन्छ ।

भैली खेल्ने योजना बनाइरहनु भएको छ भने हामी भैलीका गीतहरू प्रस्ट पार्ने छौँ ।  तिहारमा यसरी गाइन्छ भौली गीत :

भैलिनी आइन् आँगन, बढारी कुडारी राख न
हे ! औँसी को बारो (बार), गाई तिहारो भैलो ।

हरियो गोबरले लिपेको, लक्ष्मी पूजा गरेको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

‍‍औँसीको रात अन्धकार, बत्ती नै बत्तीको चमत्कार
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आँगन, गुनिया चोलो माँगन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

हामी त्यसै आएनौँ, बलि राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

अरु दिन आउने जोगिनी, आज आउने भैलेनी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

गाउँघरमा खटाको, बलीमा राजाले पठाको
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

भैलिनी आइन् आगन, गुनिया चोलो मागन
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

घरबेटी आमा बाल्दै छिन्, सुनको दैलो खोल्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

छानामाथि घिरौला, के–के दिन्छिन् हेरौँला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

लक्ष्मी पूजाको राति, भैलीका मुखमा सन्तोषी
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

यो घरकी आमा कस्ती छिन्, लक्ष्मी माता जस्ती छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

कति दिऊ के दिऊ भन्दै छिन्, रुपैयाँ पैसा गन्दै छिन्
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

धमिराको ताँती, हामीलाई भो राति
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

घोडा बान्ने तबेला, हामीलाई भयो अबेला
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

दिने भए सिधा देऊ, नदिने भए बिदा देऊ
हे ! औँसीको बारो, गाई तिहारो भैलो ।

जसले दिन्छ मानो, उसको सुनको छानो
जसले दिन्छ मूरी, उसको सुनको धुरी ।

यसरी भैलीको गीत गाइसकेपछि घरका मान्छेले दिएको सेल, चामल, फलफूल, पैसा आदि समूहका नाइकेले झोलामा राखेर बिदा हुन्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ८ : ४५ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का