युवा माझ ह्यारिसको सम्बोधन- यो तपाइहरूका लागि राजनीति होइन, जीवन हो  « Khabarhub

युवा माझ ह्यारिसको सम्बोधन- यो तपाइहरूका लागि राजनीति होइन, जीवन हो 


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले मेडिसिनमा रहेको युनिभर्सिटी अफ विन्सकनसिनमा भेला भएका हजारौँ युवाहरूलाई सम्बोधन गरेकी छन् ।

उनले बुधबार सम्बोधन गर्दै भनिन् ‘यो तपाइहरूका लागि राजनीति होइन, यो तपाइहरू बाँचेको अनुभव हो जुन मैले हेरिरहेको छु । मैले तपाईँहरूको शक्ति देखि रहेको छु ।’

५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचन अभियानमा पहिलो पटक मतदान गरी रहेका युवाहरूलाई सम्बोधन गर्ने क्रममा जलवायु परिवर्तन, बन्दुक नियन्त्रण र प्रजनन सम्बन्धी अधिकारको विषयमा चर्चा भएको थियो ।

अहिले ह्यारिस र रिपब्लिक र रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प दुवै जना युवा मतदाताको मन जित्न व्यस्त छन् ।
स्विङ राज्यमा पहिलो पटक मतदान गरी रहेकाहरूमा आफ्नो प्रभाव छाड्न व्यस्त छन् । एटलान्टामा युवाहरूलाई सम्बोधन गर्दै पूर्व प्रथम महिला मिचेल ओबावाले पनि ह्यारिसको विकल्प नभएको कुरामा जोड दिइन् ।

चुनावी प्रचारको क्रममा रहेकी ह्यारिसले अहिले पनि मध्यपूर्वको युद्धको कारण अभियानमा नै समस्या भोगी रहेकी छिन् । विन्सकन्सिनमा भएको कार्यक्रमको ठिक अघि विन्सकन्सिनमा ह्यारिसको अघि गाजामा युद्ध विरामको माग गर्दै प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै ह्यारिसले भनिन् ,‘ हरेकको आफ्नो कुरा राख्ने र सुन्ने अधिकार छ । तर अहिले म बोलिरहेको छु,’ह्यारिसको कार्यक्रममा साङ्गीतिक कलाकार ग्राइस अब्राहम्स ,ममफोर्ड एन्ड सन्स र रेमी उर्फले प्रथम दिएका थिए । विन्सकन्सिनमै ह्यारिस भन्दा २ घण्टा अघि ट्रम्पले पनि कार्यक्रम आयोजना गरेका थिए ।

सोही कार्यक्रममा ट्रम्पले आफू महिलाहरूको सुरक्षाका लागि प्रतिबद्ध भएको बताए । जारी निर्वाचनमा महिलाको आकर्षण ह्यारिस प्रति रहेको बारम्बारको सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  ११ : ४९ बजे

रास्वपाको विशेष बैठक जारी, विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विशेष बैठक जारी

केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गरिनेछः अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका

देउवाले विशेष महाधिवेशनेको कुरै सुन्न चाहेनन्, पुस मसान्तमा नियमितको तालिका ल्याउँदै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका पुस मसान्तमा ल्याउने

सरकारको मुख्य काम संस्थागत सुदृढीकरण हो : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले सरकारको मुख्य

‘जेनजी’का मुद्दा छिटो टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार (मंसिर १२) ‘जेनजी’ आन्दोलनका अगुवा