तिहारको रमझमसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

तिहारको रमझमसँगै माटोका भाँडा बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)


१५ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको रमझमसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइ नभ्याइ छ ।

माटोका पालादेखि कलशसहितका भाँडा बनाउन प्रजापती समुदायलाई ब्यस्त छन् ।

माटोका भाँडाको माग अन्य समयमा पनि आउँछ । तर तिहारमा भने माटोका भाँडाको चर्को माग छ ।

माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गएको छ । तर माटो अभाव हुन थालेको छ ।

पहिले जतासुकै पाइने माटो अहिले जग्गा प्लटिङका कारण पाउनै छाडेको छ ।

अहिले तिहारमा पालाको माग भए पनि मूल्य नपाइएको प्रजापति समुदाय बताउँछन् । माटोका पाला पहिले जस्तै अहिले पनि केबल दुई रुपैयाँ छ ।

पहिले भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउने गरिन्थ्यो । अहिले साँखु र काभ्रेपलाञ्चोकसम्म पुगेर माटो ल्याउनुपरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार  १ : १६ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले