मिथिलाञ्चलको हुक्कालोली लोप हुँदै « Khabarhub

मिथिलाञ्चलको हुक्कालोली लोप हुँदै


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकै पौराणिक तथा सांस्कृतिक पहिचान बोकेको दीपावलीको राति आगो लगाएर नचाइने हुक्कालोली लोप हुँदै गएको छ । 

अनादीकालदेखि नै पिढीँदर पिँढी परम्पराका रुपमा पितृ क्रियाका निमित्त गरिएको धार्मिक मान्यतालाई मनोरञ्जनका रुपमा प्रयोग गर्न थालेपछि हुक्कालोली प्रथा लोप हुन थालेको जलेश्वर नगरपालिका–१ मा अवस्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए। 

गाउँगाउँमा पहिला बाँसको ठूल–ठूला लठ्ठीमा बाँसकै कोया (खपरोइया) माथि कोया राखेर हुक्कालोली बनाउने गरिन्थ्यो भने दीपावलीको राति सो हुक्कालोलीमा आगो लगाएर नचाउने गरिन्थ्यो । आधुनिकतासँगै मिथिलाञ्चलको संस्कृति र धरोहरका रुपमा रहेको हुक्कालोली अचेल कतै पनि देखिँदैन ।

महोत्तरीसहित नेपाल र भारतमा रहेका सम्पूर्ण मिथिला क्षेत्रको सहरी र ग्रामीण क्षेत्रमा पहिला पहिला बालकदेखि वृद्धसम्म हुक्कालोली नचाउने गर्दथे तर आधुनिक युगमा प्रवेश गरिसकेपछि अहिले यसलाई मनोरञ्जनका रुपमा सहरी र ग्रामीण क्षेत्रका गाउँहरूमा फाट्टफुट्ट रुपमा युवाले हुक्कालोली नचाउने गरेको जलेश्वर–८ का पण्डित अनिल पाठकले बताए।  

स्कन्द पुराणअनुसार मिथिलाञ्चलमा पितृलाई बाटो देखाउन र पितृको आत्मालाई शान्तिका निमित्त लक्ष्मीपूजाको राति हुक्कालोली नचाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउँछन्।

यसलाई मनोरञ्जनका लागि व्यावसायिक रूप दिएर दियाबाती (दीपावली) कै रात परिवारका सदस्यहरू कपडाको पोकोमा तारले बेरेर बनाइएको उक (गेनी) मट्टितेलमा भिजाई आगो बालेर हुक्कालोली खेलिन्छ । 

यो नचाउने कार्य बालकदेखि वृद्धसम्मले गर्ने गरेको पाइन्छ । हुक्कालोली नचाउने कार्य लोप हुन थालेपछि संस्कृतिविद्हरुले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

 मिथिलामा हुक्कालोली मनाउने क्रममा लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने धार्मिक चलन रहेको छ । 

घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् । त्यसलाई उक फेर्नु भनिन्छ । रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १ : ५९ बजे

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच शनिबार देखि

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

एजेन्सी– युरोपेली सङ्घअन्तर्गतको जलवायु निगरानी निकायले शुक्रबार विश्वका महासागरहरूको सतही

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

 काठमाडौं– सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती