विप्लव पनि संसदीय राजनीतिमै : ०८४ को चुनावमा भाग लिने « Khabarhub

विप्लव पनि संसदीय राजनीतिमै : ०८४ को चुनावमा भाग लिने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

त्यसका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिने निर्णय गरेको महासचिव विप्लवले बताए ।

हालै सम्पन्न नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

आगामी चूनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव विप्लवले जानकारी दिए ।

बैठकले एकीकृत जनक्रान्तिका क्रममा १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ ।

देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायत मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।

अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनले बताए ।

त्यस्तै बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपबिरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात–लिम्बुवान प्रदेश नामकरण गर्दै मान्यता दिलाउन राजनीतिक शक्तिसँग छलफल अघि बढाउने निर्णय भएको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  २ : ३८ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको