'२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन' | Khabarhub Khabarhub

‘२० वर्ष नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिनुहुँदैन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले २० वर्ष उमेर नपुगेकालाई मन्दिरमा पनि विवाह गर्न दिन नहुने बताएका छन् ।  

मंगलबार मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बाल विवाह अन्त्यको लागि हरेक नागरिकले आफ्नो तर्फबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए । 

उनले भने, ‘मन्दिरको साथै पार्टी प्यालेसमा पनि विवाहको उमेर पुगेको वा नपुगेको हेर्नुपर्छ । २०७८ को जनगणना १५–१७ वर्ष उमेर समूह धेरै प्रेम विवाह गरेका छन् । जसको कारण उनीहरू शिक्षाबाट वञ्चित, शारीरिक तथा मानसिक असर र प्रगतिको बाधक आफै बनेका छन् ।’ 

साथै, कार्यक्रममा बोल्दै ढकालले केही व्यक्तिको लहडले विवाहको उमेर घटाउन नहुने पनि उनी बताउँछन् । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ५६ बजे

अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ?

काठमाडौं – बाल गायक अशोक दर्जीले फिल्ममा डेब्यू गर्ने भएका

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी

काठमाडौं- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय

हराउँदै गयो गाउँको रौनक

लमजुङ– छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको

सत्ता साझेदार कांग्रेससँग नरम ओली रास्वपा, राजावादी र माओवादीबारे आक्रामक

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष