प्रदेशलाई जिम्मेवारीविहीन बनाइँदा ‘बाल विवाह’ न्युनिकरणमा समस्या « Khabarhub

प्रदेशलाई जिम्मेवारीविहीन बनाइँदा ‘बाल विवाह’ न्युनिकरणमा समस्या


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री दिनेश भट्टराईले प्रदेश सरकारलाई जिम्मेवारीविहीन बनाइँदा बाल विवाह न्यूनीकरण हुन कठिन भएको बताएका छन् ।

मंगलबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको ‘बाल विवाहमुक्त नेपाल अभियान’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघले प्रदेशलाई अधिकारविहीन बनाएको आरोप लगाए । 

उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई विश्वास गर्न सकेको छैन । अधिकार दिन सकेको छैन । त्यसकारण बाल विवाह अन्त्यको कार्यक्रम सफल हुन सकेको छैन । लुम्बिनीमा ५० प्रतिशत थारु समुदाय रहेको छ । बाल विवाहको तथ्याङ बाँके र बर्दियाको ७० र ६५ प्रतिशत छ । सिन्दर लगाएर स्कुल पढ्न आएका छन् । उमेर १४ वर्ष कक्षा ९ मा पढ्दै छन् ।’

साथै, मन्त्रीले लुम्बिनीमा ३१ प्रतिशत अझै शिक्षाको पहुँच बाहिर रहको बताउँदै भने, ‘सानै उमेरमा विवाह गरे, मलाई विवाह बारे थाहै थिएन भन्छन् । नेतृत्वले अहिले पनि ढाकछोप गरिरहेको छ । मेरो मान्छे हो भनेर प्रहरीलाई छोड्न निर्देशन दिइन्छ । प्रशासनलाई काम गर्न दिइँदैन । यसरी कसरी बाल विवाहको अन्त्य हुन्छ ? उनी प्रश्न गर्छन् ।

संघीय सरकारबाट लिने अधिकार र स्थानीय सरकारलाई दिने अधिकारबीच प्रदेश अन्योलको स्थितिमा रहुन्जेल कार्यक्रम सफल नहुने उनको तर्क छ । मन्त्रालयले आजदेखि सातै प्रदेशसँगको सहकार्यमा ‘बाल विवाहमुक्त नेपाल अभियान देशैभर अभियान सुरु गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : २६ बजे

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल

हमलाको गल्ती नगर्न इरानले दियो अमेरिकालाई चेतावनी

काठमाडौं । इरानले आफ्नो राष्ट्रमा हमलाको गल्ती नगर्न अमेरिकालाई चेतावनी

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको