‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, रुवाबासी जरुरी छैन’ | Khabarhub Khabarhub

‘कांग्रेसको महाधिवेशन समयमै हुन्छ, रुवाबासी जरुरी छैन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समयमै महाधिवेशन माग गर्दै आएको समूहलाई रुवाबासी नगर्न भनेका छन् ।

मकवानपुरको हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले समयमै महाधिवेशन हुने जिकिर गर्दै त्यसका लागि रुवाबासी गर्न जरुरी नभएको बताएका हुन् ।

‘१५ औँ महाधिवेशन हुन्छ । १२ औँ, ११ औँ, १० औँ भएको छ भने १५ औँ किन हुन्न ?,’ महामन्त्री थापाले प्रश्न गरे, ‘रुवाबासी किन गरिरहेका छौँ हामी ?’

थापाले महाधिवेशन समयमै हुने जिकिर गर्दै त्यसबारे धेरै चर्चा नगर्नसमेत नेताहरूलाई आग्रह गरे ।

‘महाधिवेशन हुन्छ कि हुँदैन, महाधिवेशन यसले सार्ला, यसले गर्ला । कोही महाधिवेशन गर्ने पक्षका परेका छौँ, कोही महाधिवेशन नगर्ने बनाइएका छौँ,’ उनले भने ‘प्रतिबन्धितकालमा समाधान आएको कांग्रेस पार्टीले आनन्दले गर्छ । तपाईंहरूले हामीलाई जिम्मा दिनुभएको छ, ढुक्क रहनुस् । पार्टीको महाधिवेशन समयमा हुन्छ । यसबारे धेरै चर्चा पनि नगर्नुस् ।’

महाधिवेशन पार्टीभित्रको नियमित प्रक्रिया भएको जिकिर पनि महामन्त्री थापाले गरे । ‘महाधिवेशन पार्टीभित्रको नियमित प्रक्रिया हो । को नेतृत्वमा आउने समयमा सोचौँला ।’

उनले ०८४ को आमनिर्वाचनबारे पनि नसोच्न आग्रह गरे । ‘०८४ को चुनाव पनि बिर्सौँ । हामीले अहिले ०८४ को चुनावको धेरै चर्चा गर्नु हुँदैन,’ उनले भने, ‘हामी भर्खरै ०८१ मा छौँ । हाम्रो जिम्मेवारी बाँकी छ । हामीले जिम्मेवारी पूरा गर्‍यौँ भने ०८४ को चुनाव आफैँ हाम्रो पक्षमा आउँछ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : २४ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले