श्रीलङ्काले सबै मन्त्रालयमा अनुसन्धान इकाइ राख्ने « Khabarhub

श्रीलङ्काले सबै मन्त्रालयमा अनुसन्धान इकाइ राख्ने


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काको मन्त्रिपरिषद्ले सोमबार सार्वजनिक संस्थाहरूमा जवाफदेहिता सुनिश्चित गर्नका लागि अनुसन्धान इकाइहरू स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

क्याबिनेटका प्रवक्ता तथा स्वास्थ्य मन्त्री नलिंदा जयतिसाले भने, ‘सरकारले राज्य संस्थाहरूमा अनियमितताको बारेमा धेरै गुनासोहरू प्राप्त गरेको थियो । यी चासोलाई सम्बोधन गर्न तथा सार्वजनिक सेवा अभिवृद्धि गर्न मन्त्रिपरिषद्ले यस्ता निर्णय गरेको छ ।’

उनले अनुमोदित प्रस्तावमा मन्त्रिस्तरीय छानबिन इकाईहरू स्थापना गर्नुपर्ने बताए, जसको नेतृत्व अनुसन्धानमा पूर्व संलग्नता भएका वरिष्ठ कार्यकारी तहका सरकारी अधिकारीले गर्नुपर्नेछ ।

जयतिसाका अनुसार यी अधिकारीहरूले विगतको प्रशासनमा रहेका राज्यका संस्थाहरूको छानबिन गर्ने तथा चलिरहेका सार्वजनिक गुनासो सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ९ : ३७ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित