बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग « Khabarhub

बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले बंगलादेशमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बंगलादेशको अन्तरिम सरकारले हिन्दूलगायत अल्पसङ्ख्यक समुदायको सुरक्षा प्रत्याभूति गर्न असफल भएको भन्दै थानेदारले अमेरिकाको विदेश मन्त्रालय र अर्थ मन्त्रालयले बंगलादेशमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन् ।

अमेरिकामा बसोबास गर्ने बंगलादेशी मूलका हिन्दू समुदायले क्यापिटोल हिलमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै कंग्रेसम्यान थानेदारले यस्तो माग गरेका हुन् । उनले बंगलादेशका अल्पसङ्ख्यक समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्न समेत अन्तर्राष्ट्रिय नेताहरुलाई आह्वान गरे ।

विद्यार्थी आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेपछि बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै त्यहाँ इस्लामिक अतिवाद बढ्दै गएकोमा चिन्ता उत्पन्न भएको छ । त्यसबाहेक बंगलादेशमा हिन्दू लगायत अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी आक्रमणका घटना पनि बढ्दै गएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ३० बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग