चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा « Khabarhub

चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन कार निर्माता कम्पनी भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय गरेको छ ।

भक्सवागनको निर्णयअनुसार सिन्जियाङको राजधानी उरुम्चीमा रहेको कारखाना र टुरपानमा रहेको परीक्षण केन्द्रबन्द गरिनेछ । युरोपियन टाइम्सका अनुसार चीन भक्सवागनको सबैभन्दा ठूलो बजार हो ।

अब भक्सवागनका ती कारखाना र परीक्षण केन्द्र साङ्घाईलिङ्गाङ डेभलपमेन्ट ग्रुपले खरिद गर्ने जनाइएको छ ।

आर्थिककारणले यस्तो निर्णय लिनु परेको दाबी गरिए पनि सिन्जियाङमा भइरहेको भनिएको मानव अधिकार उल्लङ्घनका घटनाले फकस्वागनलाई यस्तो निर्णय लिन प्रेरित गरेको विश्लेषण गरिएको छ ।

हालै युरोपले चीनमा निर्माण भएका विद्युतीय सवारीमाथिको भन्सार महशुल ह्वात्तै बढाएको छ । चीन र युरोपेली युनियन (ईयू)बीच व्यापारिक तनाव बढिरहेका बेला भक्सवागनको यस्तो निर्णयलाई निकै चासो पूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ४१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको