चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा « Khabarhub

चीनको सिन्जियाङमा रहेको कारखाना बन्द गर्ने भक्सवागनको घोषणा


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन कार निर्माता कम्पनी भक्सवागनले चीनको सिन्जियाङ प्रान्तमा सञ्चालित कारखाना बन्द गर्ने निर्णय गरेको छ ।

भक्सवागनको निर्णयअनुसार सिन्जियाङको राजधानी उरुम्चीमा रहेको कारखाना र टुरपानमा रहेको परीक्षण केन्द्रबन्द गरिनेछ । युरोपियन टाइम्सका अनुसार चीन भक्सवागनको सबैभन्दा ठूलो बजार हो ।

अब भक्सवागनका ती कारखाना र परीक्षण केन्द्र साङ्घाईलिङ्गाङ डेभलपमेन्ट ग्रुपले खरिद गर्ने जनाइएको छ ।

आर्थिककारणले यस्तो निर्णय लिनु परेको दाबी गरिए पनि सिन्जियाङमा भइरहेको भनिएको मानव अधिकार उल्लङ्घनका घटनाले फकस्वागनलाई यस्तो निर्णय लिन प्रेरित गरेको विश्लेषण गरिएको छ ।

हालै युरोपले चीनमा निर्माण भएका विद्युतीय सवारीमाथिको भन्सार महशुल ह्वात्तै बढाएको छ । चीन र युरोपेली युनियन (ईयू)बीच व्यापारिक तनाव बढिरहेका बेला भक्सवागनको यस्तो निर्णयलाई निकै चासो पूर्वक हेरिएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ४१ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद