ट्र्याक खोलेको ७ वर्ष नबित्दै नाम्दु-पाँडु सडक ढलान « Khabarhub

ट्र्याक खोलेको ७ वर्ष नबित्दै नाम्दु-पाँडु सडक ढलान


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

दोलखा– सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाको कार्यालयलाई पक्की सडक सञ्जालले जोडेको छ । ट्रयाक खोलेको ७ वर्ष नबित्दै गाउँपालिकाको केन्द्र जोड्ने नाम्दु-पाँडुडाँडा ३ किलोमिटर पक्की सडक निर्माण भएसँगै गाउँपालिकालाई मुख्य राजमार्गमा जोडेको छ ।

लामुसाँघु जिरी सडक खण्ड अन्तर्गतको नाम्दु बजारबाट गाउँपालिकाको कार्यालयको गेटसम्म कालोपत्रे तथा ढलान गर्ने कार्य मंगलबार सकिएसँगै पालिका कार्यालयसम्म पक्की सडक पुगेको हो ।

गाउँपालिकाको केन्द्र तोकिएपछि विस्तार सुरु गरिएको सो सडक खण्ड गाउँपालिका ओहोरदोहोर गर्ने मुख्य तथा छोटो मार्ग भएकाले पालिकाले प्राथमिकतामा राखेर निर्माण गरिरहेको वैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामाले बताए।

पालिकाले पछिल्लो ३ वर्षको अवधिमा प्रत्येक वर्ष एक किलोमिटरको दरले कालोपत्रे तथा ढलान गर्न स्रोत जुटाएर ठेक्का तथा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गरिँदै आएको अध्यक्ष लामाले जानकारी दिए  ।

गाउँपालिकाले नाम्दुदेखि पीपल बोट चौतारासम्म कालोपत्रे गरेको छ भने त्यस यता पालिकाको कार्यालय गेटसम्म ढलान गरेको छ ।
गाउँपालिकाले चालु वर्ष नाम्दु–पाँडुडाँडा सडकको ढलान सक्न एक करोड १० लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी गाउँपालिकाले यस आवमै वुस्ती–फुतलिकाकाठ मिर्गे सडक र गोपि गैरिमुदि जोरमाने सडक ढलान गर्न ठेक्का लगाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उक्त दुई वटा सडक ढलान गर्न ४ करोड बजेट विनियोजन गरेर ठेक्का लगाएर काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

वैतेश्वर गाउँपालिकाले पालिका भित्र दैनिक सवारी आवतजावत गर्ने आठ वटा वडाकै मुख्य ग्रामीण सडकको कालोपत्रे तथा ढलान धमाधम हुन लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताए। 

गाउँपालिकाको प्राविधिक तथ्याङ्क अनुसार हालसम्म पछिल्लो ७ वर्षमा २० किलोमीटर पक्की सडक निर्माण सम्पन्न भएको पाइएको छ । यस वर्ष थप ५ किलोमीटर सडक ढलान तथा कालोपत्रे गर्ने गाउँपालिकाले योजना रहेको छ । ग्रामीण सडक सँगै २५ किलोमीटर पक्की गोरेटो बाटो निर्माण भएको गाउँपालिकाले जनाएको छ ।-सुबास बस्नेत

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ४ : ३० बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग