यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ) « Khabarhub

यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा गरिएका डा. भीमबहादुर रावलले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो आगामी यात्राबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् ।

उनले आफ्ना कुराहरू राख्दै भावी कार्ययोजना पनि सार्वजनिक गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ वैकल्पिक राजनीतिक शक्तिको पनि घोषणा गरे ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल केही दिनयता संवादमा थिए । उनले बुधबार देशलाई नयाँ वैकल्पिक राजनीतिक शक्ति चाहिएको बताए । त्यसका लागि राष्ट्रभक्त शक्तिहरूसँग सहकार्यका लागि आफू तयार रहेको पनि रावलले बताए ।

नयाँ पार्टी खोल्ने योजना बुधबार घोषणा घोषणा नगरे पनि चाँडै त्यसलाई मूर्तरुप दिने उनले बताएका छन् । त्यसका लागि आफू चरणबद्ध छलफलमा रहेको पनि उनले खुलाएका छन् ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेबाट किनाराकृत भएका थिए । चितवन महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि उनलाई किनारा लगाइएको थियो ।

एमालेमा किनाराकृत भइसकेका रावलको सुदूरपश्चिम र कर्णालीमा राम्रो पकड छ । एमालेले अछाममा अहिलेसम्म जिल्ला अधिवेशन गर्न नसकेको अवस्थामा गत पुस ११ गतेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ३ : ५८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा