उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री | Khabarhub Khabarhub

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। 

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनर्संरचना गर्न थालिएको बताइन्। उनले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिए। 

‘सिटिइभिटीको पाठ्यक्रम र पुनर्संरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ । अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ’, उनले भनिन्, ‘सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनर्संरचना गर्नेछौँ ।’

नवप्रवर्द्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवर्द्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिइन् । 

मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताए। 

समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन् । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताइन्। 

समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिइन्। 

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : १३ बजे

रोशी किनारमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजमा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्ग

सर्लाहीको भुवनेश्वरी दुग्ध सहकारीलाई ‘राष्ट्रिय सहकारी पुरस्कार’

काठमाडौँ – यस वर्षको राष्ट्रिय सहकारी पुरस्कार भुवनेश्वरी दुग्ध उत्पादन

अम्बिका बस्नेतको टिप्पणी : पैसाको भरमा हुने टिकट वितरणले कांग्रेस कमजोर बन्दैछ

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले अनुशासन अभवामा पार्टी कमजोर

मुस्लिम समुदायले पर्सामा पनि मनाउँदै मोहर्रम पर्व

वीरगञ्ज– मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् ।

कांग्रेस नेता निधिलाई महासेठले भने- चुनावकै लागि जनतामा भ्रम छर्ने गरी खुरापात नगर्नुस्

जनकपुरधाम– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र एमाले सचिव