आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ १९ गते शनिबारको राशिफल


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १९ गते शनिबार माघ शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। सेवाको अवसर मिल्नेछ। परिवारमा गोपनीयता भंग गरेमा घाटा हुनेछ।

वृष : धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। व्यापारमा भने फाइदा हुनेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ। गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारमा सुखशान्ति मिल्नेछ।

कर्कट : शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ।

सिंह : परिवारको साथ र सहयोग प्राप्त हुनेछ। रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या : नजिकका साथीले तपाईंको बोलीको गलत अर्थ लगाउने जोखिम रहेको छ। व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

तुला : शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिक : बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ।

धनु : दैनिकी सामान्य छ। व्यापारमा लगानी नगर्नु उचित हुनेछ। सहकर्मीसँग लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकर : लगानीका क्षेत्रमा घाटा बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ। परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ।

कुम्भ : गुम्न लागेको धन प्राप्त हुनेछ। दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ। बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ।

मीन : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ। परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : ०९ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके– ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक