२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन « Khabarhub

२७ लाखको लगानीमा बनेको हाटबजार प्रयोग विहीन


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ३ स्थित भिमटाणीमा लुम्बिनी प्रदेश सरकारले २७ लाख रुपैयाँको  लागतमा निर्माण गरेको हाटबजार प्रयोग विहीन भएको छ ।

हाटबजारको भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको चार वर्ष भए पनि सञ्चालनमा नआउँदा हाटबजार प्रयोग विहीन भएको सरावल– ३ स्थानीय लेखनाथ रायले बताए ।

उनका अनुसार निर्माणाधीन हाटबजारमा बजार लगाउने ठेकेदारले जग्गाधनीलाई वार्षिक २५ हजार रुपैयाँ भाडा दिने शर्तमा लुम्बिनी प्रदेश सरकारले दश कठ्ठा जग्गामा हाटबजार निर्माण गरेको हो । निर्माणाधीन जग्गा लेखनाथ रायको नाउँमा दर्ता छ ।

सोही वडामा डेढ बिघा सार्वजनिक जग्गा रहेपनि पूर्व उपाध्यक्षले सरकारी बजेट सार्वजनिक जग्गामा नबनाएर आफ्नो व्यक्तिगत जग्गामा निर्माण गरेपछि निर्माणाधीन हाटबजार एकान्तमा रहेकोले व्यापारीले त्यहाँ बजार लगाउन मानेका छैनन् आफूले निर्माणाधीन हाटबजार लगाउन भनेपनि व्यापारीले भने त्यहाँ बजार नलगाउने सरावल– ३ का वडाध्यक्ष फिरङ्गी चौधरीले बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ८ : १३ बजे

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले