जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत « Khabarhub

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक अस्वीकार गरेको छ ।

जर्मनीको संसदले अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा विपक्षी रूढीवादीहरूले प्रस्ताव गरेको आप्रवासीलाई प्रतिबन्ध लगाउने विधेयकलाई अस्वीकार गरेको हो ।

जुन प्रस्ताव अस्वीकृत भएको छ, त्यो आधुनिक जर्मन इतिहासमा पहिलो पटक कानून पारित हुने सम्भावनालाई बेवास्ता गरेको छ ।

शुक्रबार, मूलधारका दलहरू बीचको सम्झौतामा लामो र असफल वार्ता भए पनि ढिलाइ गरी भएको असामान्य रूपमा चर्को बहस पछि सो विधेयकलाई ३३८–३५० मतले अस्वीकृत गरिएको हो । जुन मतदानमा पाँच जना सांसद अनुपस्थित थिए।

गत वर्ष चान्सलर ओलाफ स्कोल्जको गठबन्धनको पतन पछि जर्मनीले फेब्रुअरी २३ मा चुनाव गर्ने तयारी गरिरहेको बेला यो मतदान भएको हो । विपक्षी नेता फ्रेडरिक मेर्जले आफ्नो अभियानको केन्द्रबिन्दुमा आप्रवासनमा थप प्रतिबन्धात्मक दृष्टिकोणको माग राखेका छन् । गत हप्ता अस्वीकृत शरणार्थीले चक्कु आक्रमण गरेपछि उनी थप आक्रामक भएका थिए ।

बुधवार उनको क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोशल युनियन इन बाभेरियाका दक्षिणपन्थी नेताहरूले एएफडीको समर्थनमा अध्यागमनमा कडाइ गर्नु पर्ने  आह्वान गर्दै गैर बाध्यकारी प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : २७ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय