माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड « Khabarhub

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)को पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । 

माओवादी केन्द्र चितवनले शनिबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् । 

अहिले देशभरि माओवादी पार्टी र यसको नेतृत्वको पक्षमा लहर देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा यसले पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको दाबी गरे । 

आफूले १८ महिना सरकारमा रहेर थालनी गरेको नयाँ अभियानबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रस्ट रूपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणको थालनी गरिएको बताए ।  

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरूको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउनेमात्रै नभएर मुलुकको अग्रगामी रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

उनले नेकपा ९एकीकृत समाजवादी०सँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य भइरहेको उल्लेख गर्दै पार्टी प्रवेश र ध्रुवीकरणले कुनै असर नपार्ने बताए । प्रचण्डको सचिवालयले चितवनमा एकीकृत समाजवादीका नेतासहित सयौँ कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १ : ३१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था