‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’  « Khabarhub

‘राजनीतिमा अनेकौँ मान्छे आएका छन्, सही–गलत नागरिकले छुट्याउनुपर्छु’ 


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिमा विभिन्न चरित्रहरू देखा परेको भन्दै सही–गलत छुट्याउन आग्रह गरेका छन् ।

काठमाडौं–१ मा रहेको विश्व निकेतन मावि ७९ औँ वार्षिक साधारणसभा समारोह सम्बोधनका क्रममा उनले विदेशमा बदमासी गरेका र चटेक प्रवृत्तिका राजनीतिमा देखिएको भन्दै सही र गलत नागरिकले छुट्याउन सक्नुपर्ने बताए । 

‘लहलहैमा लाग्यौँ भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ । जनप्रतिनिधि ठीक भए मात्रै प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको काम अघि बढ्न सक्छ, सिंहले भने, ‘यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलो–ठूलो काण्ड गरेर नेपाल फर्किएर ठूलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् ।’ 

समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाज सेवाका रूपमा राजनीतिलाई लिएको भन्दै सिंहले राजनीतिमा लाग्ने सबै खराब छन् भन्ने भाष्य गलत भएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ३ : ४७ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९