वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म | Khabarhub Khabarhub

वडाध्यक्ष पोखरेलको लोभलाग्दो कृषि कर्म


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामपुर – स्थानीय तहमा वडाका दैनिक काम काजमा वडाध्यक्षको व्यस्तता बढ्दो छ । पालिकाका प्रमुख, उपप्रमुखभन्दा वडाध्यक्षलाई वडाभित्रका काममा भ्याई नभ्याई नै हुन्छ ।

वडाको व्यस्त जिम्मेवारीले घरायसी काम काज, कृषि व्यवसायमा वडाध्यक्षले समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर पाल्पाको रामपुर नगरपालिका–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले भने समय व्यवस्थापन गर्दै लोभलाग्दो कृषि व्यवसाय गर्दै आएका छन् । 

वडाध्यक्ष पोखरेलले भने, ‘वडाका काममा मात्र नभई कृषि व्यवसाय, सामाजिक कार्यलाई उत्तिकै सक्रियताका साथ गर्दै आएको छु ।’ व्यस्त समयका बाबजुद पनि उनको कृषि कार्यप्रतिको लगाव र मेहनत लोभलाग्दो छ । उनी वडाको जिम्मेवारी कुशलतापूर्वक निभाउँदै कृषि कार्यमा तल्लिन छन्। वडाध्यक्ष पोखरेल वडाका काम बाहेकको समय घरमा कृषि कर्म गर्नमै खटिन्छन् । 

‘वडा तहबाट गर्ने काम सकिएपछि साँझ बिहानको समयमा तरकारी, अन्नबाली लगाउने, गोडमेल गर्ने, भैँसीको हेरचाह गर्नेलगायत काममा समय बिताउँछु’, उनले भने, ‘यसरी काम गर्दा समय बितेको पत्तो हुँदैन ।’ 

रामपुर–५ मटेरीमा वडाध्यक्ष पोखरेलले कृषि कर्म गरेर आफ्नो जग्गा हरियाली बनाएका छन् । करिब १५ रोपनी जग्गामा तरकारी, अन्नबाली उत्पादन गरी उनले बिक्री गर्दै आएका छन् । हाल साढे पाँच रोपनी जग्गामा तरकारी खेती गरिएको छ । त्यसमध्ये साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनियाँ, साग छन् भने दुई रोपनीमा आलु खेती गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

काउली र बन्दागोभी बिक्री भइरहेको छ । उनी अब काँक्रो, भिण्डी, करेला, लौका, खुर्सानी, सिमीलगायत लहरेबाली जातका तरकारी लगाउने तयारीमा हुनुहुन्छ । त्यसका लागि कार्यालय समय सकिएपछि सो कर्ममा खटिने गरेको वडाध्यक्ष पोखरेलले बताए। उनले करिब एक दशकदेखि तरकारी खेती गर्न थालेका हुन् ।

पहिला घरमा सिजनका तरकारी लगाथे भने विगत पाँच वर्षदेखि यहाँको बजार बढ्दै जान थालेपछि व्यावसायिक हिसाबले उत्पादनमा जोड दिए । तरकारी, अन्नबाली, भैँसी पालनबाट वार्षिक रूपमा सरदरमा रु सातदेखि आठ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए। 

‘तरकारी खेती मात्र नभई धान, मकै, गहुँ, तोरी जस्ता अन्नबाली लगाउने, भैँसी पालनलाई जोड दिएको छु, सबै क्षेत्रबाट आम्दानी भइरहेको छ, वडाको काम सकिएपछि घरको काममा समय खर्चेको छु, फुर्सदको समय छैन, वडाका विभिन्न काम तथा योजनामा कहिलेकाही विवाद पनि हुन्छन्, सबैलाई मिलाएर काम गरिरहेको छु, घरको आयआर्जनका लागि कृषि पेसालाई निरन्तरता दिनुपर्‍यो’, वडाध्यक्ष पोखरेलले भने  ।

दैनिक बिहान ४ बजे उठेर पशुको आहार व्यवस्थापन, तरकारीको रेखदेख, सिँचाइ जस्ता काम सकेर कार्यालय तथा सामाजिक काममा निस्कन्छन्। यसरी निरन्तर रूपमा उनको दैनिकी बितिरहेको छ । कार्यालय बिदा तथा शनिबारको दिन समय मिलाएर तरकारी लगाउने, थाक्रा दिने, खेतबारी खनजोत जस्ता कार्यमा उनलाई भ्याई नभ्याई हुन्छ ।

वडाध्यक्ष पोखरेलले भने, ‘दैनिक कार्यतालिका बनाएर भोलिपल्ट गर्ने काम अघिल्लो दिन नै तय गरेको हुन्छु, समय अनावश्यक ठाउँमा बिताएको छैन, बिहान सबेरै उठ्ने आफ्नो घरको काम सक्ने अनि वडा तथा सामाजिक कार्यमा निस्कने गरेको छु ।’ 

वडाध्यक्ष पोखरेललाई यस व्यवसायमा श्रीमती भगवतीले साथ दिँदै आएकी छन् । वडा तथा सामाजिक कार्यमा व्यस्त रहँदा खेतीबाली, पशुको रेखदेख, संरक्षण भगवतीले सम्हाल्छिन। सिँचाइका लागि निजी इनार निर्माण गरी व्यवस्थापन भइरहेको छ ।

स्थानीय बजारमा नै तरकारी खपत हुँदा बिक्रीका लागि झन्झट छैन । उनले कृषिबाटै दुई छोराछोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा दिलाएका छन् । आफूले कृषि कर्म गरेर दुःखसँग पढाएको छोरा सरकारी सेवामा कार्यरत भएको देख्न पाउँदा उनलाई कृषि पेशाप्रति झन् मोह बढेको छ ।

घरकै केन्द्र भाग, बजार क्षेत्र, सरकारी तथा सामुदायिक सङ्घ संस्था, बैंक तथा वित्तीय कार्यालय, ठूलो जनघनत्व यही वडामै छ । रामपुरका १० वटा वडामध्ये धेरै जनसङ्ख्या बसोबास गर्ने, बजार क्षेत्र रहेकाले वडाका काम सम्हाल्न अन्यत्र वडामा जस्तो सहज छैन ।

 सानैदेखि कृषि पेशामा आबद्ध वडाध्यक्ष पोखरेलको यो कार्य उदाहरणीय बनेको छ । 

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ४ : ०३ बजे

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

किएभ– युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा

बालेनलाई धक्का : गौशालाको धर्मशाला अब मारवाडी समितिकै जिम्मा

काठमाडौं- गौशलास्थित धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिकै हातमा गएको