डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन « Khabarhub

डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आएन


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन वर्ष अघि निर्माण कार्य सम्पन्न भएको डोल्पाको मसिनेचौर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ पहाडामा रहेको उक्त विमानस्थलको कालोपत्रे लगायत पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । मसिनेचौर विमानस्थल २०५१ सालमा शिलान्यास भएर ०५२ साल देखि निर्माण सुरु भएको थियो ।

जहाज चढ्ने आसामा रोपनी जग्गा विमानस्थललाई दिएका पहाडाबासीले २९ वर्ष पर्खँदा पनि जहाज देख्न अझै पाएका छैनन् । तत्कालीन जिल्ला विकास समितिका सभापति स्वर्गीय ओमबहादुर बुढाले शिलान्यास गरेको उक्त विमानस्थल निर्माणका लागि हालसम्म राज्यको २८ करोड ६० लाख खर्च भइसकेको छ । 

विमानस्थल सञ्चालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार निर्माणको काम भइसकेकाले जतिसक्दो छिटो परीक्षण उडान स्थानीयको माग छ ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री सुदन किराँतीले दुई पटक परीक्षण उडानको मिति तोके पनि उडान नभएको डोल्पालीको गुनासो छ । निर्माण पुरा भएको लामोसमय बितिसक्दा पनि जहाज नआए पछि राज्यको करोडौँ लगानी भएको मसिनेचौर बिमानस्थलका भौतिक संरचना जीर्ण बन्न थालेका छन् । 

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : २९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा