श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै « Khabarhub

श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– मानव सेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ । 

मानव सेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानव सेवा आश्रमले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका–१५ मा आश्रमको आफ्नै भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त महायज्ञ गर्न लागिएको जानकारी दिएको हो। 

बेसहारा ९सडक० मानवलाई सेवा प्रदान गर्न, धनगढी क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन, ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन केन्द्र स्थापना गर्न, मानवता अध्ययन केन्द्र स्थापनालगायत मुख्य उद्देश्य राखी महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए । उनले महायज्ञ सफल बनाएर मानवताको सेवामा जुट्न सबैलाई आग्रह गरे ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे । यही माघ ३० गतेसम्म हुने सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमबाट श्रीमद्भागवत कथा वाचन हुनेछ । 

भजनकीर्तन, योग शिविर, विद्यार्थीमाझ सकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तिका, ग्रहशान्ति, ८४ पूजालगायत गतिविधि पनि गर्न लागिएको छ । 

हालसम्म आश्रमले आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने केही नभएका ११ हजार एक सय सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानव)को उद्धार गरेको छ । यीमध्ये पाँच हजार जतिको सामुदायिक तथा पारिवारिक पुनर्मिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झन्डै दुई हजारले सहारा लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा घर भाडामा लिई सञ्चालित आश्रमको शाखामा हालसम्म चार सय बेसहारा, असहाय, अभिभावकविहीनको उद्धार गरिसकेको छभने हाल ८० जनाले सहारा लिइरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ४४ बजे

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका

एमाले अब संसद् पुनःस्थापनाको एजेण्डासँगै निर्वाचनमा केन्द्रित हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं‍- निवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ नेकपा एमालेको एघारौँ महाधिवेशनबाट उपाध्यक्षमा

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु