‘सुकुम्बासीलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन’ « Khabarhub

‘सुकुम्बासीलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन’


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनशायका साथ धेरै चिजमा हात नहालीकन कामलाई छिटो छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको बताइन्। 

अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उनले बताए । त्यस्तै, विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरू छिटोछरितो तरिकाले  प्रदान गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरूको ध्यानाकर्षण भएको बताए ।

सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको जिकिर गरिन् ।

अध्यादेशमार्फत कानुन संशोधन भएपछि निजी क्षेत्र र आइटी क्षेत्रका लगानीकर्ताहरू खुसी रहेको उनले बताइन्।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ५३ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व