आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान | Khabarhub Khabarhub

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा खनिसक्छन् ।

लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर (हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेको बताए ।

‘स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिएँ तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एकदुई दिनमै सकिन्छ,’ उनले भने ।

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहेका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताए । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताए ।

कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पु¥याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिए ।

मध्यविन्दु –२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन् । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन् । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उनको भनाइ छ ।

‘धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौँ’, उनले भने, ‘अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौँ ।’

मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न बालिमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए । कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए ।

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिए । परम्परागतरूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ८ : २९ बजे

राष्ट्रपति पौडेल पोखरामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कास्कीको पोखरा पुगेका छन् । पोखरा

रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर

रोमाञ्चक बन्दै च्याम्पियन्स ट्रफी : को बन्दैछ स्टार ?

हाइब्रिड मोडलमा पाकिस्तान र युएईमा जारी च्याम्पियन्स ट्रफी क्रिकेट जारी

महायज्ञबाट ४३ लाख बढी संकलन

तनहुँ– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित

पानीमा लेखिएका अक्षरजस्ता रहरहरू

हृदयकी रानी न्यान्सी,अविच्छिन्न न्यानो माया ! आएर कहिल्यै ऋतु सिद्धिँदैन,