आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण | Khabarhub Khabarhub

आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

निर्धारित मूल्यअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ५० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ६०, गोलभेँडा सानो (तराई) २२, आलु रातो ३३, आलु रातो (भारतीय) ३५, प्याज सुकेको (भारतीय) ७२, गाजर (लोकल) ३५, गाजर (तराई) २५, बन्दा (लोकल) १५, बन्दा (तराई) १२, बन्दा (नरिवल) १२, काउली स्थानीय २५, स्थानीय काउली (ज्यापु) ३५, काउली (तराई) २५, मूला रातो ४५, मूला सेतो (लोकल) १८, सेतो मूला (हाइब्रिड) २५, भन्टा लाम्चो ३०, भन्टा डल्लो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी ६० रुपैयाँ, घिउ सिमी (लोकल) ६०, घिउ सिमी (हाइब्रिड) ६०, घिउ सिमी (राजमा) १०० टाटे सिमी ७०, तिते करेला १००, लौका ५०, परबर (लोकल) १८०, घिरौला १००, फर्सी पाकेको ५०, फर्सी हरियो (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १५, भिण्डी १००, सखरखण्ड ७०, बरेला ४०, पिँडालु १३०, स्कूस ४५, रायो साग प्रतिकेजी २५, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग ५०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ६० रुपैयाँ, प्याज हरियो ४०, बकुला ६०, तरुल ११०, च्याउ (डल्ले) ३००, कुरिलो प्रतिकेजी १,६०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी ४५ रुपैयाँ, चुकुन्दर ६०, सजीवन २००, रातो बन्दा ६०, जिरीको साग प्रतिकेजी ६०, सेलरी प्रतिकेजी १५०, सौफको साग प्रतिकेजी ६०, पार्सले प्रतिकेजी ३००, पुदिना प्रतिकेजी ३००, गान्टे मूला ६०, इमली १६०, तामा १००, तोफु १२० र गुन्द्रुक प्रतिकेजी रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) २००, स्याउ (फूजी) ३००, केरा (दर्जन) १५०, कागती १८०, अनार ३८०, अङ्गुर (हरियो) १८०, अङ्गुर (कालो) २८०, सुन्तला (भारतीय) १४०, तरबुजा (हरियो), ५०, मौसम १६०, जुनार १४०, भुइँकटहर १८०, काँक्रो (लोकल) ७०, काँक्रो (हाइब्रिड) ३५, रुख कटहर ११०, नासपाती (चाइनिज) २४०, मेवा (नेपाली) ५०, मेवा (भारतीय) १००, अम्बा १४०, लप्सी १४०, खरबुजा ५०, स्ट्रबेरी (भुइऐसेलु) ४००, किबी ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको ३४०, खुर्सानी हरियो ७०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ८७, खुर्सानी हरियो अकबरे २५०, भेडे खुर्सानी ७०, लसुन हरियो ८०, हरियो धनिया ५०, लसुन सुकेको चाइनिज २९०, लसुन सुकेको नेपाली २००, छ्यापी सुकेको १६०, छ्यापी हरियो ६०, ताजा माछा (रहु) ४२०, ताजा माछा (बचुवा) ३००, ताजा माछा (छडी) ३००, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : १२ बजे

पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात 

दोलखा-जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश

सिरहा– स्थानीय निर्वाचन ०७९ मा सिरहाको औरही नगरपालिका–४ मा नेपाली

जेलेन्स्कीलाई युरोपेली नेताहरुले भने – बलियो बन्नुहोस्, हामी तपाइको साथमा छाैँ

वासिङ्टन– अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

फुङ्लिङ– सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

झापा – झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन