आजका समाचार : ट्रम्प–जेलेन्स्कीको बहसले विश्वमा तरङ्ग, खानेपानीमन्त्री भारततिर र देशका विभिन्न ठाउँमा हिमपात | Khabarhub Khabarhub

आजका समाचार : ट्रम्प–जेलेन्स्कीको बहसले विश्वमा तरङ्ग, खानेपानीमन्त्री भारततिर र देशका विभिन्न ठाउँमा हिमपात


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपतिको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव २०८१ एवं देवालय सराङकोटधामको समुदघाट्न समारोहलाई आज सम्बोधन गर्दै उनले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे।

शेखर कोइरालाले भेटे प्रकृतिको परिवारलाई

खानेपानीमन्त्री यादव भारत प्रस्थान

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री

राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : भीम रावल

सहकारीले आफ्नो छवि आफैँ सुधार्नुपर्छ: उपप्रधानमन्त्री सिंह

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश

सुरक्षा निकायसँग सम्बन्धित ऐन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : एनपी साउद  

सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश
स्थानीय निर्वाचन ०७९ मा सिरहाको औरही नगरपालिका–४ मा नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षका प्रत्याशी गंगाराम यादवसहित एक सय बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा औरही–४ इटाटारमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् ।

गत स्थानीय निर्वाचनमा ४ नम्बर वडा माओवादी केन्द्रले जितेको थियो । कांग्रेस दोस्रो भएको थियो । माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए । ४ नम्बर वडा यादव समुदायको बाहुल्यता भएको बस्तीमा पर्छ।

अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : प्रचण्ड

सरकारलाई भानुभक्त जोशीको सुझाव-दल विभाजनतर्फ नलागौँ

भूमिसम्बन्धी अध्यादेश देशको अहितमा छ : प्रवक्ता सुमन

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड 

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

अरूलाई दोष लगाउनुभन्दा आफ्नो कर्तव्य पूरा गरौँ :उपप्रमुख डंगोल

रिङ्कु सदालाई न्याय दिन राष्ट्रिय मुक्तिको माग

 पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात 

जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ। 

शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको स्थानीय होटेल व्यवसायी हरि ओलिले बताए। व्यवसायी ओलिका अनुसार कालिञ्चोक तथा शैलुङमा गत वर्षहरूमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा  हिमपात भएको हो।

गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको उनले सुनाए। कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर  दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

चौँरी याक प्रवर्द्धन गर्दै सिरिजङ्घा गाउँपालिका

झापाबाट ब्राउन सुगरसहित दुई जना नियन्त्रणमा

स्ट्रबेरी खेतीबाट वार्षिक ३० लाख आम्दानी

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति बढाउन ६ सबस्टेसन निर्माणाधीन, २० वटा थपिने


जेलेन्स्कीलाई युरोपेली नेताहरुले भने – बलियो बन्नुहोस्, हामी तपाइको साथमा छौँ

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबिचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् ।

युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् ।

‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्’, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, ‘हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।’

यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।’

ट्रम्प–जेलेन्स्कीबीचको बहसबारे के भन्दै छन् विश्वका नेताहरू?

उत्तराखण्ड हिमपहिरोमा परी चार जनाको मृत्यु

ट्रम्पसँगको वार्तामा तनाव भएपछि जेलेन्स्कीले भने-स्वतन्त्रता गुमाउन सकिँदैन

ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए

ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ : जेलेन्स्की

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ७ : ४८ बजे

बैतडीको दोगडाकेदारमा गोली चल्दा एक घाइते

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकामा गोली चलेको छ । आज

ह्वाइट हाउसभित्र विश्वलाई तरंगित बनाउने चर्काचर्की, ट्रम्पलाई डटेर दिए जेलेन्स्कीले जवाफ (संवादसहित)

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराराष्ट्रपति जेडी भेन्स र युक्रेनका

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ

काठमाडौं – बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको