भारतीय कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाह चलाउने « Khabarhub

भारतीय कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाह चलाउने


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा)- वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए ।

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने रु चार अर्ब ५१ करोड रकमको बोलकबोल गरेको थियो ।

समितिका अनुसार छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आगामी साउनदेखि पाँच वर्षसम्म सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउनेछ । यसअघि पनि सोही कम्पनीले रु तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खाबन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह ५७ बिघा क्षेत्रफलमा अवस्थित छ । यस बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ ।

यो सन् २००० मा विश्व बैङ्कको ऋण सहयोगमा रु ८२ करोड लागतमा निर्माण गरिएको हो । भारत सरकारको रु २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा भने रु ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा भने सो कार्यालयले रु ४७ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १ : ४२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित