नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित « Khabarhub

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक/एक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एकएक गोलको बराबरीमा ल्याए ।

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे । बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : १२ बजे

पौवादुङमाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित

फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ बनाउने रघुनाथको घोषणा

काठमाडौं – रङ्ग पत्रकारसमेत रहेका रघुनाथ सापकोटाले दुई फिल्म निर्माणको

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

रामेछाप– रामेछापका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन्

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन

बाजुरामा आगलागी हुँदा एउटा घर नष्ट

बाजुरा– जिल्लाको गौमुल गाउँपालिकामा आज बिहान ६ बजे एक घरमा आगलागी