कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित « Khabarhub

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा विधेयक पारित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार हिउँदे अधिवेशनबाट विभिन्न सातवटा विधेयक पारित भएको हो ।

कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विद्येयक २०८१ दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश बीउ, बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको बुढाथोकीले जानकारी दिए ।

सरकारले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भने फिर्ता लिएको छ । केही अपुग रहेको भन्दै यो विधेयक फिर्ता लिइएको सरकारले जनाएको छ । योसँगै प्रदेशसभाको पाँचौँ अधिवेशन रातिदेखि अन्त्य गरिएको छ ।

सभामुख नन्दा गुरूङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गरे । ‎‎पाँचौँ अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो भने यो अधिवेशनमा ३१ वटा बैठक बसेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : ३१ बजे

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय