कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित « Khabarhub

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा विधेयक पारित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार हिउँदे अधिवेशनबाट विभिन्न सातवटा विधेयक पारित भएको हो ।

कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विद्येयक २०८१ दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश बीउ, बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको बुढाथोकीले जानकारी दिए ।

सरकारले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भने फिर्ता लिएको छ । केही अपुग रहेको भन्दै यो विधेयक फिर्ता लिइएको सरकारले जनाएको छ । योसँगै प्रदेशसभाको पाँचौँ अधिवेशन रातिदेखि अन्त्य गरिएको छ ।

सभामुख नन्दा गुरूङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गरे । ‎‎पाँचौँ अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो भने यो अधिवेशनमा ३१ वटा बैठक बसेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ९ : ३१ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट