सिञ्जामा घरको बीमा गरिँदै « Khabarhub

सिञ्जामा घरको बीमा गरिँदै


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिञ्जा गाउँपालिकाले दुई हजार चार सय घरको बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घर बीमा गर्न लागिएको हो ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार दुई हजार चार सय घरको बीमा गर्न लागिएको जानकारी दिए ।

गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनको भनाइ छ ।

अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपदबाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’

कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपदबाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ ।

चालु आवमा बीमाका लागि प्रदेश सरकारले चार करोड ७५ लाख बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : ३२ बजे

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले