दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू) « Khabarhub

दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू)


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाइँदै छ । हरेक वर्ष मे १ का दिन विभिन्न राजनीतिक दल आवद्ध मजदुर सङ्गठनहरूले हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्दछन् ।

हरेक वर्ष धुमधामका साथ मजदुर दिवस मनाउने गरिए पनि उनीहरूको दैनिकी र अवस्थामा खासै सुधार आउन सकेको छैन ।

राज्यले दिवस मनाउन देशभर सार्वजनिक बिदा दिए पनि दैनिक गुजाराका लागि मजदुरहरू भने काममै व्यस्त देखिन्छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नियमित रोजगारी गर्ने श्रमिक ११ प्रतिशतले घटेका छन् ।

प्रतिष्ठानमा नियमित श्रमिकको संख्या घट्दै जाँदा श्रम ऐन कार्यान्वयनमा चुनौती थपिँदै गएको प्रतिवेदनमा उल्लेख छ । देशभरका विभिन्न प्रतिष्ठानमा नियमित, कार्यगत, समयगत, आंशिक लगायतका श्रमिक कार्यरत छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ५९ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)