एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा | Khabarhub Khabarhub

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरु थप छलफलमा जुटेका छन् । हिजोका लागि तोकिएको एकता घोषणासभा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि रोकिएको थियो ।

चौधरी पक्राउ परेको ५ घण्टामै छुटेपछि बिहिबार पार्टी एकताको चर्चा चले पनि बुधबार बेलुका बसेको जनमत र नाउपाको बैठकले तत्काल केही दिनका लागि पार्टी एकता नगर्ने निर्णय गरेको जनमतका प्रवक्ता सरदसिंह यादवले खबर हबलाई बताए ।

‘केही दिनका लागि हामीले पार्टी एकता रोकेका छौँ । हिजोको घटना सामान्य कर्मचारीले गरेको त्रुटि भनेर हामीले कदापि विश्वास गर्न सकेका छैनौँ । यसलाई निर्मम ढङ्गले समीक्षा गरिरहेका छौँ’, यादवले खबराबलाई भने, ‘पार्टी एकता दुईचार दिनपछि हुन्छ हामी पार्टी एकता जसरी पनि गरेर छाड्छौँ। तर यो सम्पूर्ण परिघटनालाई निर्मम समीक्षा गर्न हामी दुई पार्टी बसेर  छलफल भइरहेको छ ।’

उनले जनमतले पनि सरकार छाड्न लागेको हो भन्ने प्रश्नमा सबै परिघटनाको समीक्षा आइसकेपछि त्यसको पनि निर्णय हुने बताए ।

‘अहिले सरकार छोड्ने बारे हामीले निर्णय गरेको छैनौँ । उहाँहरूले आफ्नो ढङ्गले गर्नुहोला’, प्रवक्ता यादवले भने, ‘हामी एउटै सिरामा अगाडि बढिसकेका छौँ यी सबै निर्णयहरू एकैसाथ सार्वजनिक गर्ने तयारीमा पनि छौँ ।’

यस्तै यादवले यसअगाडि जनमत पार्टीका अध्यक्ष सीके राउतलाई मार्ने धम्की आएको र  दुई पार्टीको एकता रोक्ने खालका अभिव्यक्तिहरू आएकाले राउतले विभिन्न अन्तर्वार्ता र कार्यक्रममा यसबारे बोल्दै आएको समेत स्मरण गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ९ : २१ बजे

जापानको बेरोजगार दर २.५ प्रतिशत

टोकियो– जापानको औसत बेरोजगारी दर अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशत

सरकारको आर्थिक नीति : सुझाव आयोगको प्रतिवेदन सम्बोधन, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् औद्योगिकीकरण र

राष्ट्रियसभामा वैशाख २२ र २३ गते नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल सुरु

काठमाडौं– सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि छलफल

पाकिस्तानमा कार दुर्घटनामा आठ जनाको मृत्यु

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलामा खस्दा